सुदूरपश्चिममा ‘पुसे १५’ मनाइँदै

सुदूरपश्चिममा ‘पुसे १५’ मनाइँदै
+
-

कैलाली – सुदूरपश्चिम प्रदेशको मौलिक पर्व ‘पुसे १५’ आज प्रदेशभरि धुमधामसँग मनाइँदै छ। आज राति घरका बूढापाका, परिवारका सदस्यहरु एकसाथ बसेर काठका मुढा बाली आगो ताप्ने, रातभर जाग्राम बस्ने, लोककथा भन्ने, भजनकीर्तन गर्ने, विभिन्न किंवदन्ती, उखानटुक्का हाल्ने, देउडा खेल्नेलगायतका क्रियाकलाप गरी यो पर्व मनाउने चलन छ।

प्रदेशमा यो छुट्टै परम्परा रहिआएको संस्कृतिविद् एवं सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले जानकारी दिए। जाडो पनि बढी हुने भएकाले आगो ताप्दै तरुल, पिँडालु, गिट्ठा, कन्दमूल, सख्खर, तिलको लड्डु, पाकेको फर्सी उसिनेर खाई शरीरलाई तातो बनाउने चलन रहेको उनको भनाइ छ।

खासगरी पुस १५ गतेको रातलाई वर्षकै लामो रात मान्ने गरिन्छ। लामो रातलाई ‘ठूली रात’ भन्ने गरिन्छ। ‘यो पर्व मुख्यतया सुदूरपश्चिममा मनाइन्छ, पछिल्लो अवस्थामा पुस्तान्तरणसँगै मौलिक पर्वको जगेर्ना गर्ने प्रयास गरिएको छ,’ उपकुलपति जोशीले भने, ‘पछिल्लो समय यो चाड सहर बजारतिर अलि कम मनाउने गरिएको भए पनि गाउँ घर तथा पहाडी भेगमा यथावत् रुपमा यो मनाउने गरिएको छ।’

यो चाड कहिलेदेखि मनाउँदै आएको भन्ने तथ्य यकिन नभए पनि पुर्खाहरुले सयौँ वर्षदेखि यो पर्व मनाउने परम्परा रहेको संस्कृतिविद् जोशीले बताए।

बिहानैदेखि हरेक घरमा खानाका मीठा परिकार पकाउने गरिन्छ। विवाहित छोरीलाई माइतमा आमन्त्रण गर्ने चलन छ। यस पर्वमा विभिन्न प्रकारका स्थानीय परिकार पकाई खाने चलन रहेको स्थानीय शिवराज जोशीले बताए। घरपरिवारका सदस्यहरु एकसाथ बसेर मीठो–मसिनो खाई रमाइलो गर्ने चलन छ। विशेष गरेर लाउन, बाबर, बटुक, भक्केरोटी (चामलको पीठोको रोटी), मासे माणा, सकलगञ्ज, तरुलका साथै पाकेको फर्सी उसिनेर खाने परम्परा छ।

गाउँघरतिर यो चाड मनाउने परम्परा अझै यथावत् रहे पनि सहर बजारमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको पाइन्छ। सुदूरपश्चिमेली मौलिक संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे कमै जानकार रहेको पाइन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?