हुम्लामा मृत्युसँगै महत्त्वपूर्ण कागजात पनि जलाउने अनौठो चलन कायमै

हुम्लामा मृत्युसँगै महत्त्वपूर्ण कागजात पनि जलाउने अनौठो चलन कायमै
कर्णाली नदीको घाटमा जलाउने तयारीको लाश।
+
-
देशसञ्चार AI सारांश
  • हुम्लामा मृतकका महत्त्वपूर्ण कागजात र सामान लाशसँगै जलाउने परम्परागत चलन अझै कायम छ।
  • मृतकका कागजात जलाउने कारणले परिवारका सदस्यहरूलाई नागरिकता बनाउने जस्ता समस्या आइपर्ने घटनाहरू धेरै छन्।
  • अझैसम्म यो परम्परा चल्दै आए पनि महत्त्वपूर्ण कागजात संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकतामा कम ध्यान दिइएको छ।

हुम्ला- हिमाली जिल्ला हुम्लामा मानिसको मृत्युसँगै महत्त्वपूर्ण आवश्यक कागजात तथा लत्ता कपडा जलाउने चलन कायमै रहेको छ ।

मरेको मानिसका महत्त्वपूर्ण कागजातहरू र महत्त्वपूर्ण सामान राख्नु हुँदैन भन्ने पुरानो सामाजिक परम्परागत मान्यता कै कारण ती कागजात मृतकको लाशसँग जलाउने गरिएको हो ।

मानिसको मृत्यु कालगति वा दुर्घटना जुनसुकै कारणले भए पनि मृतकसँग सम्बन्धित महत्त्वपूर्ण कागजात लाशसँगै जलाउनुपर्ने परम्परागत सामाजिक मान्यता कायमै रहेको चङ्खेली गाउँपालिका- ५ का नरजन तामाङले बताए ।

अन्य कुराभन्दा पनि मृतकसँग सम्बन्धित नेपाली नागरिक, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, मतदाता परिचयपत्र, सवारी साधनको लाइसेन्स, खोप कार्डप्राप्त गरेका शैक्षिक प्रमाणपत्र, अन्य तालिमका प्रमाणपत्र, कदर तथा सम्मान पत्र, बिरामी पूर्जा सबै लाशसँगै जलाउने गरिएको छ ।

मृतकका यो अत्यावश्यक कागजात जलाउने कार्यले धेरै मानिसले नागरिकता बनाउन समेत समस्या भोग्नु परेको हो । सिमकोट गाउँपालिका- २ का सुरेश परियारले मरेको मानिससँग सम्बन्धित हरेक कागजात तथा अन्य बस्तु जलाउने कार्य खोजीखोजी गर्ने गरिएको बताए ।

नागरिकता जहिले पनि आवश्यक पर्ने तर लाशसँगै जलाउने कार्यले निजका सन्तानहरुको नागरिकता बनाउन समस्या आफ्ना आफन्तले भोग्नु परेको छ । केही गरी कुनै परिवार आफ्ना मृतक सदस्यको नागरिकता, फोटोहरू सुरक्षित राख्ने गरेको भएपनि वार्षिकीको अवसरमा महत्त्वपूर्ण तीर्थस्थलमा लगेर चढाउने गरेको छ ।

यता सर्केगार्ड गाउँपालिका- ३ को उनापानी गाउँका दानबहादुर फडेराले महत्त्वपूर्ण कागजात मात्र नभएर लगाएका गहना पनि लाशसंगै जलाउने कार्य पनि हुने गरेको बताए । यसो गर्नुको मुख्य कारण मरेको मानिसको सामान प्रयोग नगर्ने र कामजात पनि नदेखियोस भन्न कै लागि यो कार्य गरिँदै आएको छ ।

यो कार्य परम्परादेखि नै गरिँदै आएको कारण हाल पनि सोही कार्यले निरन्तरता पाउँदै आएको उनले बताए । आवश्यक महत्त्वपूर्ण कागजात जलाउनु हुँदैन र पछि काम लाग्छ भन्नेतर्फ कसैको ध्यान दिन नसकेको उनको भनाई छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?