थप भिटामिन ए क्याप्सुल खुवाउने कार्य सम्पन्न

थप भिटामिन ए क्याप्सुल खुवाउने कार्य सम्पन्न
सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीमा भिटामिन ए खुवाइँदै। तस्बिर: राजन रावत
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले अनुपलब्ध भिटामिन ए क्याप्सुलको आपूर्ति गर्दै चार वटा गाउँपालिकामा वितरण पूरा गरेको छ।
  • जिल्ला र प्रदेशको बालबालिका लक्ष्यमा फरक हुँदा अपुग भिटामिन ए क्याप्सुलको माग भइरहेको थियो।
  • स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमकान्त तिवारीका अनुसार अब उमेर समूहका सबै बालबालिकाले क्याप्सुल पाउने छन्।

हुम्ला- अपुग थप भिटामिन ए क्याप्सुल प्रदेशबाट आई पुगेपछि चार वटा गाउँपालिकामा यो खुवाउने कार्य सम्पन्न भएको छ।

यो क्याप्सुल खाने छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको राष्ट्रिय लक्ष्य र गाउँपालिकाका अनुसार जिल्लाको लक्ष्यमा फरक भेटिएपछि भिटामिन ए क्याप्सुलको अपुग भएको जानकारी गराएपछि प्रदेशबाट थप क्याप्सुल आएको थियो।

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले पठाएको अपुग थप १ हजार भिटामिन ए क्याप्सुल आई पुगेलगत्तै ताँजाकोटमा दुई सय, अदानचुलीमा एक सय, सर्केगार्डमााा एक सय र खार्पुनाथ गाउँपालिकामा तीन सय क्याप्सुल बितरण गर्ने कार्य भएको भिटामिन ए क्याप्सुल कार्यक्रमका सम्पर्क व्यक्ति टासी पाल्जोर लामाले बताए।

थप आएको एक हजारमा सात सय क्याप्सुल चार वटा गाउँपालिकालाई बितरण गरिएको र बाँकी भने स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको छ।

उक्त क्याप्सुल बुधबारबाट खुवाउन सुरु गरिएको छ भने बिहीबार पनि खुवाइने छ।

अब उमेर समुहका सवै बालबालिकाले उक्त क्याप्सुल पाउने स्वास्थ्य सेवा कार्यालयका चिकित्सक प्रमुख उमकान्त तिवारीले बताए।

यसअघि प्रदेशबाट आएको चार हजार ७३५ वटै क्याप्सुल सबै गाउँपालिकामा पठाएको थियो।

मुख्यगरि जिल्लाबाट गएको बिबरण केन्द्रले नमान्दा भिटामिन ए क्याप्सुलको कमी भएको थियो।

यसअघि हुम्लाका सात वटै गाउँपालिकाका सवै स्वास्थ्य संस्था र वडाहरुमा कात्तिक २४ गतेसम्म भिटामिन ए क्याप्सुल खुवाउने गरी प्रदेशबाट निर्देशन आएको थियो।

देशभर भिटामिन ए खुवाउने कार्य कात्तिक २० र २१ गते तोकिएको थियो। स्वास्थ्य सेवा कार्यालयबाट प्राप्त बिबरण अनुसार केन्द्रले गाउँपालिका अनुसार राखेको लक्ष्यमा नाम्खामा २४० जना, सिमकोटमा एक हजार एक सय जना, खार्पुनाथमा ६६० जना, सर्केगार्डमा एक हजार जना, चङ्खेलीमा ५५० जना, अदानचुलीमा ७३० जना ताँजाकोट गाउँपालिकामा ५३० जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने कार्य भएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?