पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँमा ददि सापकोटाको पुस्तक ‘ज्ञानिका’ प्रकृति, संस्कृति, र वन्यजन्तुको संरक्षणका विषयमा विमोचन गरिएको छ।

  • पुस्तकले नेपाली हिमाली भूभाग, जलवायुकालीन परिवर्तन, वनस्पति र वन्यजन्तु संरक्षणजस्ता विषयवस्तु समेटेको छ।

  • ‘ज्ञानिका’ को मूल्य रु एक हजार १०० रहेको छ, जसमा २१ जना लेखकले योगदान पुर्याएका छन्।

काठमाडौँ- पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आज आयोजित कार्यक्रमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गरे। गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ।

पर्यटन क्षेत्रबाट पेसा सुरु गरेका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हु‌ंकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तक अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ।

देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन्।

पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको सङ्घर्ष, विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण र पर्यटनको अवसर, प्रदूषणमुक्त नेपालको बाटो, माटोको खान्की र स्वास्थ्य मानव, बाँदरसँग संवाद, उसैसँग प्रेम, वन्यजन्तु संरक्षण र पीडाको कथा, विश्वव्यापी पर्यटन दौडको मानचित्रमा नेपाल, शक्तिशाली नदी र चुनौतीपूर्ण भूभागमा प्रवासी माछा, सिकारीसँग लडाइँ, बाघसित भेटैभेट, आँखैअघि खतरा शीर्षकका लेख छन्।

फाइनप्रिन्ट प्रालिले बजारमा ल्याएको ३८८ पृष्ठको उक्त पुस्तक सापकोटाको छैटौँ कृतिको रु एक हजार १०० मूल्य निर्धारण गरिएको छ। यसअघि उनका पन्छी जगत्, त्यो नेपाल, दुखेको युुरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?