‘वैशाखमा महाधिवेशन सार्ने प्रस्ताव भद्दा मजाकमात्र’

‘वैशाखमा महाधिवेशन सार्ने प्रस्ताव भद्दा मजाकमात्र’
+
-
देशसञ्चार AI सारांश
  • अजयबाबु शिवाकोटीले आगामी निर्वाचनमा आधा उम्मेदवार ४० वर्षभन्दा मुनिका बनाउने योजना बनाउन सुझाव दिएका छन्।
  • शिवाकोटीले पार्टी नेतृत्वले विद्रोहको समीक्षा नगरी वर्चस्वको लडाइँमा व्यस्त भएको भन्दै चिन्ता व्यक्त गरे।
  • हस्ताक्षरकर्ताहरूलाई अपमान गर्दै महाधिवेशन सार्ने प्रस्तावलाई उनले भद्दा मजाकको संज्ञा दिएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले केन्द्रीय कार्यसमिति बैठकमा बुधबार आफ्ना धारणा राख्दै आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारहरूमध्ये आधा ४० वर्षभन्दा मुनिका बनाउने गरी योजना बनाउन सुझाव दिएका छन्।

उनले पार्टीभित्रका नेपोकिड्स शैलीमा हुर्किएका नेताहरूले अनेक तरिकाले कार्यकर्तालाई अपमान गरिरहेको आरोप पनि लगाएका छन्। उनले विधानत: ४० प्रतिशतले हस्ताक्षर सहित माग गरेमा गर्नैपर्ने वाध्यता रहेको बिशेष महाधिवशेनका लागि २ हजार ४ सय ८८ अर्थात करिव ५५ प्रतिशतले हस्ताक्षर गरेर कार्यवाहक सभापतिलाई केन्द्रीय कार्यालयमा दर्ता गरी बुझाइएको अवस्थामा केन्द्रीय कार्यसमितिको बैठकले विवेक पुर्‍याएर निर्णय लिनुपर्ने बताए।

हस्ताक्षरकर्ताहरुलाई अपमान गर्दै महाधिवेशन बैशाखतिर सार्ने प्रस्ताव भद्दा मजाक भएको शिवाकोटीले बताएका थिए।

शिवाकोटीले समयको चेतलाई बुझ्ने प्रयास कांग्रेसले नगरेको बैठकमा बताएका थिए। ‘हामी भदौ २३ र २४ लाई बिर्सेर अघि बढ्ने प्रयासमा छौँ,’ उनले भने।

उनले भनेका छन्- ‘ गीतामा कृष्ण अर्जुन संवादका क्रममा एउटा प्रसङ्ग आउँछ, समय बलवान की व्यक्ति ? समयक्रममा अनेक बलवान व्यक्तिहरुको उदय हुन्छ । समयलाई नबुझी अघि बढे त्यस्ता बलवान व्यक्तिहरु पनि समयसँगै कसरी हराए, महाभारतमा कैयन उदाहरण छन्।गीतकार राजेन्द्र रिजाल गायक दिपक खरेलको आवाजमार्फत भन्छन्, समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ। भदौ २४ पछि तपाई हामीपनि एक्लै बस्दा सायद गीताको त्यो प्रसङ्ग र दिपक खरेलको गीतको याद आउँदो हो।’

कांग्रेससहितकै देशका दलका बिरुद्ध पहिलोपटक किन यति ठूलो विद्रोह किन भयो समीक्षा गरेर आगामी बाटो तय गर्नुपर्नेमा अहिले पनि पार्टी  वर्चस्वको लडाइँमा व्यस्त भएको भन्दै उनले चिन्ता प्रकट गरेका थिए।  जेनजी विद्रोहको कारणबारे समीक्षा हुनुपर्ने उल्लेख गर्दै शिवाकोटीले नागरिकलाई विश्वास र भरोसा दिलाएर आक्रोश शान्त गराउन पनि पहल नगरेको राजनीतिक दलका मूल नेतृत्व असफल भएको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?