काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालक जलेको अवस्थामा फेला

काभ्रेपलाञ्चोकमा टिपर दुर्घटना, चालक जलेको अवस्थामा फेला
+
-

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्क्षिय चालक किसिम राईको मृत्यु भएको छ।

बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा आगलागीसमेत भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टअनुसार मण्डनदेउपुर-७ झगारपुर निवासी चालक राई टिपरको ‘स्टेरिङ’मा जलेको अवस्थामा भेटिएका थिए।

सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन्। घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए।

दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान भइरहेको उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?