दशैं यता सर्वाधिक कमाउने फिल्म ‘जेरी अन टप’, दोस्रोमा ‘बलिदान’

दशैं यता सर्वाधिक कमाउने फिल्म ‘जेरी अन टप’, दोस्रोमा ‘बलिदान’
+
-
देशसञ्चार AI सारांश
  • ‘जेरी अन टप’ ले १० करोड ५१ लाख ४८ हजार नेरु कमाउँदै सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ।
  • ‘बलिदान’ ले ५ करोड १० लाख नेरु कमाए पनि ६ करोड बढीको लगानीलाई न्याय गर्न सकेन।
  • ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख नेरुको कमाई गर्दै निर्माण टिमलाई सन्तुष्ट पारेको छ।

दशैंकाे फूलपाती यता प्रदर्शनमा आएका नेपाली चलचित्रहरू मध्य बक्स अफिसमा राम्राे कमाई गर्ने ‘बलिदान’लाई उछिन्दै ‘जेरी अन टप’ अगाडि पुगेकाे छ।

चलचित्र विकास बोर्डले दशैंको फूलपातीदेखि गएकाे शनिबार अर्थात कार्तिक १५ गते राति ११ बजेभित्र सर्वाधिक कमाइ गर्ने विवरण अनुसार ‘जेरी अन टप’ले १० कराेड ५१ लाख ४८ हजार नेरु ग्रस कलेक्सन गरेकाे छ। अनमाेल केसी अभिनित जेरी अन टप अहिले पनि प्रदर्शनमा आइरहेकाे छ।

त्यसैगरी सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’काे कमाई ५ करोड १० लाख नेरु ग्रस रहेको छ। विराज भट्टका छाेरा समीर भट्टकाे मुख्य भूमिका रहेकाे बलिदानकाे लगानी ६ कराेड माथि रहेकाे निर्माण टिमले बताएकाे थियाे । अघिल्लाे वर्ष समीरकाे ‘१२ गाउँ’ले बक्स अफिसमा कमाल गरेकाे थियाे।

दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ले कमाई ४ करोड ७१ लाख नेरु छ। भर्सटायल एक्टरका रुपमा परिचित हरिवंश आचार्य, प्रकाश सपूत लगायतकाे भूमिका रहेकाे फिल्म हरिबहादुरकाे जुत्तालाई निर्माण टिमकाे चित्त बुझाएकै छ।

मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ले ४ करोड १५ लाख नेरु ग्रस रहेको चलचित्र विकास बोर्डले बताएको छ। पुरानाे माइतीघरबाट नाम सापटी लिएर बनाइए पनि याे फिल्मले बक्स अफिसमा साेचे जस्ताे कमाल गर्न सकेन।

कार्तिक ६ गतेदेखि प्रदर्शनमा आएकाे चलचित्र ‘बरिष्ठ बलराम’ले भने २ कराेड ४८ लाख नेरु ग्रस गरेकाे छ। त्यसैगरी चलचित्र ‘मैजाराे’ले १ कराेड माथिकाे कमाई गर्दै कराेड क्लबमा पुग्न सफल भएकाे छ। प्रकाश सपूत फिल्म साेल्टिनीले भने कराेड भने साेचेजस्ताे  व्यापार गर्न सकेन।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?