२५ जनाको जम्बो टोली लिएर राष्ट्रसंघको भ्रमणमा उड्ने तयारीमा थिए ओली

२५ जनाको जम्बो टोली लिएर राष्ट्रसंघको भ्रमणमा उड्ने तयारीमा थिए ओली
फाइल तस्बिर।
+
-

काठमाडौँ- भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा भएको जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओली भर्खरै सम्पन्न (सेप्टेम्बर २३ देखि २९) राष्ट्रसंघको ८०औँ महासभामा भाग लिन २५ जनाको जम्बो टोली लिएर अमेरिका जाने तयारीमा थिए।

सधैं राष्ट्रसंघको महासभामा प्रधानमन्त्री तहबाटै भाग लिन जानुपर्ने बाध्यता नभए पनि ओलीले भने गएको वर्षझैँ यसपटक पनि आफैँ महासभामा भाग लिने तयारी गरेका थिए।

यसका लागि २५ जनाको टिकटसमेत बुकिङ भइसकेको थियो।

स्रोतले दिएको जानकारी अनुसार तत्कालीन प्रधानमन्त्री ओली, ओलीपत्नी राधिका शाक्य र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक राजनीतिक सल्लाहकार विष्णु रिमालको बिजनेस क्लासको टिकट बुकिङ भएको थियो।

अन्य २२ जनाको भने इकोनाेमिक क्लासको टिकट बुकिङ भएको स्रोतले जनाएको छ।

तर, राष्ट्रसंघको महासभा सुरु हुनु करिब दुई हप्ताअघि नै ओली जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपालका तर्फबाट राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि/राजदूत लोकबहादुर थापालाई पठाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?