हमासले छोड्यो सबै २० जीवित बन्धक, ट्रम्पले इजरायली संसद्‌मा सम्बोधन गर्दै

हमासले छोड्यो सबै २० जीवित बन्धक, ट्रम्पले इजरायली संसद्‌मा सम्बोधन गर्दै
+
-

काठमाडौँ – अन्ततः बन्धक भएको दुई वर्षपछि जीवित बचेका सबै २० बन्धक रिहा भएका छन्। हमासले महत्वपूर्ण युद्धबिराम सम्झौता भएसँगै आज सबै जीवित बन्धक मुक्त गरेको हो। बन्धक मुक्त हुने दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल आइपुगेका छन्।

इजरायली सेनाले गाजामा रहेका सबै २० जना जीवित बन्दकहरू इजरायललाई हस्तान्तरण गरिसकेको पुष्टि गरेको छ। यी बन्दकहरू सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले दक्षिण इजरायलबाट अपहरण गरेको थियो। तीमध्ये जुम्ल्याहा दाजुभाइ जिभ र गाली बर्मनसमेत जीवित अवस्थामा स्वेदश फर्किन सफल भएका छन्। उनीहरुलाई हमासले कहिले पनि सँगै नराखेको जनाइन्छ। तर, आज बिहान गाजामा एकसाथ तस्बिर खिचिएको थियो।

बन्दकहरूको सट्टामा इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १ हजार ७०० भन्दा बढी बन्दीहरूलाई मुक्त गर्नेछ। बन्दीहरुको मुक्तिसँगै डोनाल्ड ट्रम्प अहिले इजरायली संसद्‌लाई सम्बोधन गर्न लागेका छन्।

ट्रम्पले यसअघि इजरायल प्रस्थान गर्नुअघि ‘गाजाको युद्ध सकिएको’ घोषणा गरेका थिए। ट्रम्पले आफ्नो ठूलो र निरन्तरको प्रयासले शान्ति सम्भव भएको बताउँदै आएका छन्। उनले केहीबेरमा इजरायली संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

लगतै उनी इजिप्ट प्रस्थान गर्ने कार्यतालिका रहेको छ। जहाँ उनले हमाससँगको शान्ति सम्झौतालाई पूर्णता दिनका लागि २० देशका प्रतिनिधिहरुसँग छलफल गर्दै छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?