जुम्लामा भालुको आक्रमणमा परी तीन हप्तामा पाँच जना घाइते

जुम्लामा भालुको आक्रमणमा परी तीन हप्तामा पाँच जना घाइते
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • जुम्ला र हुम्लामा तीन हप्ताको अवधिमा भालुको आक्रमणमा पाँच जना घाइते भएका छन्।
  • पीडितहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ, र केहीलाई जिल्ला बाहिर लैजाने तयारी छ।
  • स्थानीयवासीले जंगली जनावरको आक्रमण बढ्दै गएकाले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रमको माग गरेका छन्।

हुम्ला– जुम्लामा तीन हप्तामा भालुको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। जिल्लाको गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका र तातोपानी गाउँपालिकामा विभिन्न समयमा भालुले आक्रमण गरेको हो।

सोमबार बिहान ११:४५ बजे जुम्ला तातोपानी गाउँपालिका–४ निवासी १८ बर्षीय दिपेन्द्र न्यौपानेलाई स्याउको बगैचामा गोडमेल गर्न गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार न्यौपानेको हाल कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ।

अघिल्लो दिन आइतबार बिहान गुठिचौर गाउँपालिका–३ गज्याङकोटकी ३८ वर्षीया बुमची कामी र उनकी १७ वर्षीया छोरी सिर्जना कामी भालुको आक्रमणबाट घाइते भएकी थिइन्।

आमा गम्भीर घाइते भइन भने छोरी सामान्य अवस्थामा छिन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, उनीहरू दुवैजना घाँस काट्न गएका बेला जंंगली भालुले असोज १९ गते बिहान साढे सात बजे आक्रमण गर्दा घाइते भएका हुन्।

घटनापछि तत्काल स्थानीयको सहयोगमा दुवैजनालाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको थियो।

गुठिचौर गाउँपालिका –५ धिता गाउँमा दिउँसो १ बजे एक जनालाई भालुले आक्रमण गरेको छ। गुठिचौर गाउँपालिका झ्यापु धिताललाई आक्रमण गरेको छ। धितालको पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार तातोपानी –४ का दिनेश न्यौपानेको टाउको, वायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ।

परिवारको आग्रहमा उनलाई जिल्ला बाहिर लग्ने तयारी भएको छ।

गुठिचौर गाउँपालिका निवासी आमा बुमची कामीको पनि टाउको, मुखमा भालुले मासु लछारेर घाइते बनाएको छ।

यसैगरी जुम्लाको हिमा गाउँपालिका–५ निवासी ३४ बर्षका हरिचन्द्र रोकायालाई बाख्रा चराउन गएको समयमा भालुले आक्रमण गरी घाइते बनाएको छ। रोकायाको हातमा घाउ भएको र कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ।

केही समय अगाडि चन्दननाथ नगरपालिका –३ मा पनि भालुले आक्रमण गरेर ११ बाख्रा मारेको थियो। स्थानीयवासीले वन क्षेत्रमा जंगली जनावरहरूको आक्रमण बढ्दै गएकाले नियमित गस्ती र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

प्रहरी र वन विभागको टोली घटनास्थल पुगेर अनुसन्धान तथा नियन्त्रण कार्यमा खटिने भएको छ।

– फाइल तस्बिर

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?