जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि हमला

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि हमला
+
-

हुम्ला- जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि शारीरिक हमला भएको छ ।

सुर्खेत जाने क्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी करिब ६ बजे छेडागाड नगरपालिका–५, चङ्खेलीमा हमला भएको हो ।

अध्यक्षलाई हमला भएपछि बचाउन गएका कुशे गाउँपालिका–४ का नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकबहादुर विकले जानकारी दिए । उनका अनुसार अध्यक्ष बस्नेतलाई भने सामान्य चोट लागेको छ ।

प्रहरीका अनुसार शाही र सिंहलाई चक्कु प्रहार भएको हो । अध्यक्षसहितको टोलीमाथि कुशे गाउँपालिका–४ का नवराज शाही, प्रकाश बस्नेत र रामु बस्नेतले आक्रमण गरेको जनाइएको छ ।

घटनापछि आक्रमणकारी फरार रहेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । साथै छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अध्यक्ष बस्नेत स्वयं घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पुर्याएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?