सर्लाहीमा गोली हानी हत्या गर्ने फरार आरोपी एक महिनापछि पक्राउ

सर्लाहीमा गोली हानी हत्या गर्ने फरार आरोपी एक महिनापछि पक्राउ
+
-

जनकपुरधाम गत साउन ३० गते सर्लाहीको हरिपुर्वा नगरपालिका ६ मा गोली हानी ४० वर्षीय रामपुकार यादवको हत्या गरेर फरार भएका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिपुर्वा ६ का २६ वर्षीय सन्तोष भन्ने अभिकुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार यादवलाई मंगलबार बिहान करिब ६ बजे भारतबाट नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

गत साउन ३० गते राति करिब ८:२० बजे रामपुकार यादव आफ्नै घरअगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका धिरेन्द्र राय र सन्तोष यादवले उनका छोरा सुमित राय यादवसँगको विवादलाई लिएर कुराकानी गर्ने क्रममा रामपुकारको टाउकोमा गोली हानेर फरार भएका थिए।

घटनापछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा हरिपुर्वा–५ का २६ वर्षीय धर्मेन्द्र भन्ने धिरेन्द्र राय घाइते अवस्थामा पक्राउ परेका थिए।

दुर्घटनापछि फरार रहेका सन्तोष भने एक महिनापछि पक्राउ परेका हुन्। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?