भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौंः मन्त्री पाण्डे

भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौंः मन्त्री पाण्डे
फाइल फोटो
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटहरुबारे छलफल हुने बताएका छन्।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै उनले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताएका हुन्।

यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उनको भनाइ छ।

भैरहवा र पोखरा विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रिपरिषद्ले एउटा कार्ययोजना पास गरेको बताए। विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइनलगायत आवश्यक सबै कुरारुरु उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?