बाहिर रहेका सांसदलाई भोलिसम्म काठमाडौँ आइपुग्न एमालेको निर्देशन

बाहिर रहेका सांसदलाई भोलिसम्म काठमाडौँ आइपुग्न एमालेको निर्देशन
महेश बर्तौला। तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – नेकपा एमालेले काठमाडौँ बाहिर रहेका आफ्ना पार्टीका सांसदहरूलाई बुधबारसम्म काठमाडौँ आइसक्न निर्देशन दिएको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौँ आइपुग्न निर्देशन दिएका हुन्। सांसदहरूलाई केही दिन काठमाडौँ नछाड्न पनि भनिएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरिरहेका छन्। त्यसका लागि दुई दलले आफ्ना सांसदहरूलाई हस्ताक्षर गराइरहेका छन्।

आचारण विपरीतको कार्य गरेको भन्दै उपसभामुख रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ।

यसअघि पनि रानालाई हटाउने तयारी भएको थियो। तर, विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?