पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सुनील शर्मा भन्छन्, ‘सामूहिक सपना पूरा भयो’

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सुनील शर्मा भन्छन्, ‘सामूहिक सपना पूरा भयो’
+
-

विराटनगर- लामो प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ। मोरङ – ३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धिका रूपमा हेरेको बताएका छन्।

वि.सं.२०६१/२०६२ तिरै सञ्चालनको तयारी पूरा भए पनि जनआन्दोलनका कारण यसको प्रक्रिया रोकिएको थियो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा डा. शर्माको पहलमा मन्त्रिपरिषद्‌मार्फत कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेन।

त्यसपछि मोरङका अर्का सांसद् डा. शेखर कोइराला र डा. शर्माकै अग्रसरतामा सरकारी संयन्त्रमा आवश्यक नीतिगत सुधारका लागि दबाब सिर्जना गर्दै पूर्वाञ्चल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसँग प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्ने प्रयास भएको थियो। त्यही प्रयासस्वरूप दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि मेडिकल कलेज सञ्चालन भएको हो।

डा. शर्माले भने- ‘यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्र होइन, यो कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात हो। लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्।’

डा. शर्माले यसका लागि योगदान दिने सबै पक्षलाई विशेष धन्यवाद दिएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकल कलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको तीन दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि’ भनेका छन्।

डा. शर्माको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५०शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?