गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यकः मुख्यमन्त्री कँडेल

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यकः मुख्यमन्त्री कँडेल
+
-

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्य गर्नका लागि भूमिको स्वामित्व हुनु आवश्यक भएको बताएका छन्।

मंगलबार चौकुने गाउँपालिका वडा नं. ७ र ८ का १०४ जना भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्।

‘जो व्यक्तिसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न सक्दैन। त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको छ,’ उनले भने।

मख्यमन्त्री कँडेलले भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको बताए।

‘हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य आवश्यक छ,’ उनले भने।

मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाणपूर्जा वितरणको कार्यलाई तीव्रता दिने बताए।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान बिष्ट, जिल्ला समन्वय प्रमुख गंगाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?