‘हामीले धन चिन्यौं तर पैसा आर्जन गर्ने तरिका चिनेनौं’ (भिडियो)

+
-

लेखक मनिकर कार्कीको पुस्तक ‘अर्थदृष्टि:अल्पविकासको अर्थ–राजनीति’ भर्खरै प्रकाशित भएको छ। विश्लेषक, अनुसन्धानकर्ता तथा स्वतन्त्र लेखनमा रुचि राख्छन् उनी। त्रिभुवन विश्वविद्यायलबाट अर्थशास्त्रमा स्नाकोत्तर गरेका कार्की किताबले नेपालको आर्थिक विकासको स्वरूप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसको जटिलता र चुनौतीहरूलाई गहन विश्लेषण गरेको बताउँछन्।

नेपाली समाजको बृहत्तर हितका लागि कलम चलाउँदै आएका कार्की निरन्तर अध्ययन, लेखन र चिन्तन गर्छन्। रामेछाम स्थायी घर भएका कार्की पछिल्लो केही दशकदेखि बुटवललाई कर्मथलो बनाउँदै आएका छन्। समसामयिक अर्थ–राजनीतिमाथि निरन्तर विमर्श गर्दै आएका कार्की ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ पुस्तक अर्थ राजनीतिमा चासो राख्ने पाठकका लागि गतिलो सामग्री बन्न सक्ने दाबी गर्छन्।

‘अहिलेको नेपाल आर्थिक राजनीतिक ‘रूपान्तरणबाट बाहिर निस्किन नसकेको अवस्था हो। समाज अहिले जटिल अवस्थामा छ र समाज बरालिएको छ। यो थाहा पाउन यस पुस्तकले सघाउँछ,’ उनले भने।

उनले थपे, ‘यसले युवा पुस्ताका पाठक र अध्येतालाई ज्ञान निर्माण र विस्तारमा ठूलो सघाउ पुर्‍याउन सक्छ।’

किताबले नेपालको आर्थिक विकास बाधक बनेका संरचनात्मक समस्याहरू न्यून उत्पादकत्व र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको बताउछन् उनी।

सन् २००६ पछिको आर्थिक राजनीतिक सामाजिक परिवर्तन आएको ‘जस’माओवादी सशस्त्र युद्ध नै हो। तर जे भयो त्यो ठीक भयो त भन्ने प्रश्न अहिले उठेको छ। जनयुद्ध राजनीतिक व्यवस्था बदल्ने एउटा संघर्षको कारण थियो। राजनीतिक व्यवस्था त बदलियो तर जनताको अवस्था त फेरिएन।

यसअघि ‘बैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक लेखिसकेका कार्कीले आजको विकासले सही दिशा पक्रिएको छ कि छैन भन्ने चासो सुनाउँछन्, ‘हाम्रो विकासको आजको अवस्था के हो त? उनी प्रश्न गर्छन्, ‘हाम्रो देशको विकास कहाँ बरालिएको छ त भनेर खोजिएको छैन।’

समृद्धिको नाममा जुन भाष्य निर्माण गरियो त्यो केवल नारा मात्रै ठान्छन् उनी। जनताको जीवनशैली बदल्ने कोसिस नभएको पनि चिन्ता सुनाउँछन्। किन यस्तो भएको हो भन्ने जिज्ञासा गर्दा राजनीतिक नेतृत्वको समस्या देख्छन् उनी। भन्छन्, ‘नेतृत्वबाटै अल्प विकासको दुष्चक्रमा फस्यौं। हाम्रो अवस्थाको पहिचान पनि गरिएन।’

कार्की लामो समयदेखि अर्थ राजनीति विषयमा बहस गर्दै आइरहेका छन्। बैंक वित्तीय संस्थाको जागिर, प्राध्यापन, मिडिया व्यवस्थापन हुँदै लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जागिरसमेत छाडेर स्वतन्त्र अनुसन्धान, लेखन र राजनीतिमा होमिए। सामाजिक विज्ञानको क्षेत्रमा स्वतन्त्र अनुसन्धानदाताका रुपमा कार्यरत कार्की पुस्तकमार्फत अल्पविकासको कारणहरु खोतल्ने कोसिस गरेको बताउँछन्। ‘अल्पविकासको कारणहरू खोतल्न कसैले चाहेन। न त नेतृत्व तहले चाह्यो न त राज्यले। यो असम्भव पनि होइन,’ उनले भने।

वर्तमान अर्थ–राजनीतिलाई लिएर आइडियामा काम नभएको बताउँछन् उनी। उनकानुसार इतिहासदेखि नै उत्पादनशीलको लय पक्रिन नसकेरै नेपालका अर्थ राजनीतिमा सुधार नआएको देख्छन् कार्की। ‘इतिहासलाई कोट्याउने हो भने पनि २ सय वर्ष यसै खेर फ्याक्केको इतिहास छ। सामाजिक अर्थ राजनीतिक अवस्था नाजुक हुनुको कारण नै पृथ्वीनारायाण साहदेखि आजको नेतृत्वले अर्थ राजनीतिलाई गम्भीर नलिनु हो।’ उनले भने।

कार्कीले पुस्तकमार्फत ऐतिहासिक कालखण्डदेखिकै नेपालको अर्थ–राजनीतिलाई मिहिन ढंगले चिरफार गरेका छन्।

सन् १९९० को समयमा जनताको सबै आवश्यकताहरू सम्बोधन गर्ने समयमा थियौं तर दुर्भाग्य अर्को फेरि खराब राजनीतिमा पुगेर पछाडि परेको उनको बुझाइ छ। उनी भन्छन्, ‘सन् १९९० मा जुन डेलिभरी दिनुपर्थ्याे त्यो दिन सकिएन र माओवादी जनयुद्धमा गयौं। पछिल्लो समय ६२/६३ सालको आन्दोलन पछि पनि आर्थिक गति समाउन नसकेकै हो। इतिहासदेखि अहिलेसम्म हामी बरालिएकै अवस्थामा छौं। अर्थतन्त्र बरालियो। समाज बरालियो र हाम्रो आम–मनोविज्ञान पनि बरालियो। के खोजेको भन्ने पनि अस्पष्ट भयो। गाम्भीरता देखिएन। सबै सतहमा बरालिएको भान हुन्छ।’

तर माओवादी जनयुद्धपछि नेपालमा थुप्रै परिवर्तन आएको जानकारहरू बताउँछन्। तर कार्की माओवादी जनयुद्ध तथ्य भएको बताउँछन्। ‘जनयुद्धले केही दिएन भन्न सकिन्न। सन् २००६ पछिको आर्थिक राजनीतिक सामाजिक परिवर्तन आएको ‘जस’ माओवादी सशस्त्र युद्ध नै हो। तर जे भयो त्यो ठीक भयो त भन्ने प्रश्न अहिले उठेको छ। जनयुद्ध राजनीतिक व्यवस्था बदल्ने एउटा संघर्षको कारण थियो। राजनीतिक व्यवस्था त बदलियो तर जनताको अवस्था त फेरिएन।’

अहिलेसम्म नेपालीले धनको सिर्जना चिनेनाौ । स्थान्तरणलाई नै धनको सिर्जना ठानियो भन्ने मेरो आरोप हो,’ उनले भने, ‘धनको सिर्जना चिन्नु भनेको धन आर्जन गर्ने बैध तरिका बैधानिक तरिका हुन्थ्यो तर अवैधानिक बढी हावी छ।

नेपालको अर्थ–राजनीतिमा गरिबी, कृषिमा निर्भरता, अपर्याप्त पूर्वाधार, राजनीतिक अस्थिता, स्रोत साधनको असन्तुलित वितरण र शिक्षा-स्वास्थ्यमाथिको सीमित पहुँच अल्पविकासका मुख्य कारण भएको बताउँछन् कार्की।

दैनिक लाखौको संख्यामा वैदेशिक रोजगारीका लागि युवाहरू पलायन भइरहेका छन्। र नेपाल रेमिट्यान्सले धानेको देश हो भन्ने सुन्न पाइन्छ। के रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र चलेको छ त?

‘रेमिट्यान्सले देशको अर्थतन्त्र चलायमान के कति गरेको छ त्यो अध्ययनको विषय हो तर आममानिसको जीवनशैली उकास्ने काम भने गरेको छ,’ उनले भने।

अहिले हरेक घरको सदस्य विदेश जाने ट्रेनको शिकार भएका छन्। यसले सामाजिक र पारिवारिक विग्रह ल्याएको बताउँछन् कार्की। रेमिट्यान्सले नेता पालिएको आरोप मान्न उनी तयार छैनन्। रेमिट्यान्सले घर जग्गाको कारोबार मात्रै बढाइदियाे भन्ने उनको बुझाइ छ। बरू उनी चिन्ता सुनाउँछन् कि रेमिट्यान्सका रूपमा भित्रिएको पैसालाई उत्पादनशील चरित्र निर्माण गर्न सकिएन।

‘ऋण गरेरै उपभोग गर्नु पर्छ भन्ने नेपाली समाजको मानसिकताले पनि सुकिलो जीवन रोज्यो,’ उनले भने।

नेपाली समाज धन सिर्जनाको बाटोतिर नलागेको बताउँछन् कार्की। उनी भन्छन्, ‘हामीले धन चिन्यौं तर पैसा आर्जन गर्ने तरिका चिनेनौं।’

नेपालको सन्दर्भमा पैसा एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने काम त भयो तर त्यो सिर्जना नभएर स्थान्तरण हो भन्छन् कार्की। उनकानुसार ऐतिहासिक रूपमै अर्थतन्त्रले उत्पादनशिल चरित्र निर्माण गर्न सकेन। ‘अहिलेसम्म नेपालीले धनको सिर्जना चिनेनौँ। स्थान्तरणलाई नै धनको सिर्जना ठानियो भन्ने मेरो आरोप हो,’ उनले भने, ‘धनको सिर्जना चिन्नु भनेको धन आर्जन गर्ने बैध तरिका बैधानिक तरिका हुन्थ्यो तर अवैधानिक बढी हावी छ।’

‘धन सिर्जना गर्ने कुरा हो। आकास्मिक लाभमा विश्वास नगरौं भन्ने हो र आकास्मिक लाभ भन्ने हुँदैन अर्थशास्त्रमा। तर नेपालमा धन कमाउने माध्यम आकस्मिक लाभ मात्रै देखियो। जस्तै भ्रष्टाचार हुनु बिचौलियाको चहलपहल बढ्नु हो।’

सर्वव्यापी भ्राष्टाचार, अनुचित व्यापार अभ्यास र शोषण-विभेदको ऐतिहासिक स्वरूपले अल्पविकासलाई मलजल गरिरहेको छ। पुस्तकमा यिनै तथ्यलाई विभिन्न कोणबाट मिहिन विश्लेषण गरेका छन् कार्कीले।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?