प्रधानमन्त्री ओलीले आज हुम्लाको खार्पुनाथमा बेलीब्रिजको उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले आज हुम्लाको खार्पुनाथमा बेलीब्रिजको उद्घाटन गर्ने
फाइल तस्बिर ।
+
-

हुम्ला – कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुमा दोजाम कर्णाली नदीमाथि निर्माण भएको बेलीब्रिजको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आउने भएका छन्।

बेलीब्रिजको निर्माण कार्य पूरा भई त्यसलाई सञ्चालनमा ल्याउनका लागि उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउन लागेका हुन्।

आइतबार प्रधानमन्त्री ओली नयाँ निर्माण भएको बेलीब्रिजको उद्घाटन गर्न हुम्ला आउन लागेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगै हुम्ला आउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री बिहान १० बजे खार्पुमा हेलिकप्टरमा आइपुगेर बेलीब्रिजको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। बेलीब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा लेख्दै केही दिनअघि अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिँने दिन टाढा छैन भनेका थिए। सेनाले सो बेलीब्रिजको स्टिल पार्टको जडान कार्य पूरा गरेर एप्रोचवालसमेत निर्माण गरिसकेको छ।

पुलको पश्चिमतर्फ ग्याबिनवाल लगाउने कार्यसमेत भइसकेको छ। जडान कार्यमा सेनाका प्राविधिकहरू आफैँ खटिएका थिए। बेलीब्रिज ५० मिटर लामो रहेको छ।

गतवर्ष असारमा खार्पुसम्म सडक सञ्जाल जोडिएको थियो। दोजाम कर्णाली नदीमा पुल नभएको कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग औपचारिक रूपमा जोडिन पाएको थिएन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?