जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता
+
-

दाङ – उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपा, नेपालले जनाएको छ। जसपाबाट लुम्बिनी प्रदेश सभामा एक जना मात्रै प्रदेश सभा सदस्यकाे प्रतिनिधित्व छ।

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी छन्।

पार्टी विभाजन हुँदा काफ्ले जनता समाजवादी पार्टी, नेपालतर्फ लागेकी थिइन् भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए। काफ्ले समानुपातिक सांसद हुन्।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जना सांसदकाे समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यकाे नेतृत्वमा सरकार गठन भएको थियाे।

जसपा, नेपालसहित केही साना दलले सरकारलाई विश्वासकाे मत दिएका थिए। जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिए पनि कुनै असर नपर्ने जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?