पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा सम्पन्न

पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा सम्पन्न
भक्तपुरको न्यातपोल मन्दिर स्थापनाको वर्षगांठको अवसरमा मन्दिरको गजुरमा झण्डा राखिदै । तस्बिर: सुलभ श्रेष्ठ/ देशसञ्चार
+
-
भक्तपुर – मल्ल राजा भूपतिन्द्र मल्लले नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा गरेको भक्तपुरको प्रसिद्ध न्यातापोल अर्थात पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा एवं झण्डोत्तोलन गरिएको छ।
भक्तपुर टौमढीस्थित नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातपोल अर्थात पाँच तले मन्दिरको तीन सय २३ वर्ष पूरा भएको अवसरमा आज मन्दिरको गजरमा झण्डोत्तोलन गर्नुको साथै विशेष पूजा गरिएको छ। राजा भूपतिन्द्र मल्लले वर्षमा एक पटक वर्षबन्धन पूजाको परम्परा चलाएको र सो पूजा आजसम्म निरन्तर चलि आएको छ।
मन्दिरमा सिद्धिलक्ष्मी, भैरव र बेतालको पूजा गरिएको छ भने आजै स्थानीय अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको झण्डा फेरेर झण्डोत्तोलन गरी जन्मदिन मनाएको छ। मन्दिर निर्माण पूरा भएको दिन असार शुक्ल प्रतिपदामा पहिलो वर्षबन्धन पूजा गरिएको अभिलेखमा उल्लेख छ।
मन्दिरभित्र निर्धारित तोकिएको व्यक्तिबाहेक अरु प्रवेश गर्न निषेध गरिएको छ। मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा मान्य गरिन्छ।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?