अन्तर्वार्ता

आइएनआइ सिनेमाजलाई ब्राण्ड बनाउन क्रियाशील हल सञ्चालक मुनांकर्मी (भिडियोसहित)

आइएनआइ सिनेमाजलाई ब्राण्ड बनाउन क्रियाशील हल सञ्चालक मुनांकर्मी (भिडियोसहित)
+
-

५० को दशकमा सञ्चार गृह जन्माउन गाह्रो थियो। खुल्यो भने त्यसलाई स्थापित गर्न उस्तै गाह्रो थियो। र अर्को चुनौती थियो, निरन्तरता दिन।

कुनै पनि मिडियालाई निरन्तरता दिन बजारसम्म पुर्‍याउनै पर्थ्याे। पाठकको मन जित्नु जरुरी थियो। त्यसका लागि जतिसक्दो ब्रान्डिङ गर्नुपर्थ्याे। तर पचासको दशकमा अहिलेको जस्तो इन्टरनेट थिएन। सामाजिक सञ्जाल थिएन। एकाध टेलिभिजन र रेडियो थियो। त्यति स्रोत र साधानले पत्रपत्रिका, प्रडक्शन कम्पनी ब्रान्डिङ हुँदैनथ्यो। आफै कुद्नुपर्थ्याे। त्यही भीडमा कुद्नेहरु मध्ये एक थिए गृहेन्द्र मुनांकर्मी, जसले अहिले आइएनआइका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आइरहेका छन्।

भक्तपुर निवासी मुनांकर्मी सुरुवातीतिर ट्राभल कम्पनीमा काम गर्थे। ट्रभल कम्पनीको कामको सिलसिलामा उनले बजार मात्रै बुझेनन् सम्बन्धको पनि बिस्तार गरे। ‘त्यो बेला मार्केटिङ कसरी हुन्छ भनेर काम सिक्न मन लाग्यो। कसरी हुन्छ बढीभन्दा बढी मान्छेसँग सम्पर्क बनाऔं भन्ने लाग्यो। सम्बन्धले नै बजारमा एकअर्काको प्रडक्टलाई मार्केटिङ गर्न सकिन्थ्यो,’ मनांकर्मीले भने, ‘आज पनि ५० प्रतिशत प्रडक्टको मार्केटिङ सम्बन्धकै कारण हुन्छ।’

ट्राभल कम्पनी छोडेपछि उनले टिएचटी अर्थात ‘द हिमालय टाइम्स’मा जोडिए। शंकरदेव क्याम्पसमा म्यानेजमेन्ट पढ्दै हिमालय टाइम्सको बजार बिस्तारदेखि मार्केटिङ, ब्रान्डिङ र प्रमोशनमा काम गरे। आप्कामा काम गर्ने क्रममै उनले आफ्नो अंग्रेजी सुधारे। सम्बन्ध बढाए। बिस्तारै उनले आफूलाई अब्बल बनाउँदै लगे। भन्छन्, ‘कामले काम सिकाउँदोरहेछ सायद। द हिमालय टाइम्सलाई ब्राण्डिङ गर्न अनेक तरिकाहरू अपनाइन्थ्यो। पछि बिस्तारै पाठकको रोजाइमा पर्दै गयो।’

लबिम मल 

‘एउटै छानामुनी धेरै मान्छेलाई सहभागिता गराएर आफूप्रति आकर्षित गराउनु ब्राण्ड हो जस्तो लाग्छ।’ उनले भने।

उनले पटकपटक भन्दै आएको यही कुरा आजको मलहरूमा पाइन्छ। ७२ को महाभुकम्प गएपछि नेपाली बजार धेरै कुराले तलमाथि भयो। तर उद्दीन, भाष्कर ढुंगना, राजेश सिद्दीहरू मलको खाका तयार गरिरहेका थिए। मल र क्युएफएक्सलाई निरन्तर अगाडि बढाउने सोचमा त्रिमूर्तिहरूले पाए मुनकंर्मीलाई। दाइहरूले विश्वास नगरेको भए सायद मैले आज आइएनआइ सञ्चालन गर्न सक्दिनँथें हुँला।’

कामलाई कहिल्यै सानो ठूलो मानेनन् मुनांकर्मीले। पत्रिका ब्राण्डिङ गर्ने कला होस् कि सुभरभाइजको काम होस् उनी पछाडि हटेनन्। बिस्तारै उनले लबिम मलमा जोडिए। कोभिड महामारीका कारण चौतर्फी असर परेको थियो तर यस्तोमा टिम क्वेस्ट होल्डिङ्सले चारतल्ले लबिम मल सञ्चालनमा ल्यायो, जसको निर्माण कार्यमा मुनांकर्मीले नै लिएका थिए।

लबिम मल सञ्चालक निकम उद्दीन, भाष्कर ढुंगना, राजेश सिद्दीहरु आज स्थापित भएका छन्। मनांकर्मीले पत्रिका हुँदै जब क्यूएफएक्स सिनेमाका लागि मार्केटिङ, प्रमोशन, ब्राण्डिङ प्लानमा पनि जोडिए र छिट्टै लबिम मलको प्रभावलाई बजारमा चिनाए। भन्छन्, ‘अब मल हुनुपर्छ। र मल्टिपलहरू हुनु आवश्यक छ। त्यही अनुसारको सेवा सुविधा र मनोरञ्जन हुनु आवश्यक छ।’

आइएनआइ सिनेमाज

यतिखेर उनी नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआईको सिनेमाजको ब्राण्डिङमा जुटेका छन् मुनकंर्मी। आईएनआई तेस्रो फ्रेन्चाइजी हल हाेऽ जसलाई नेपालका ठूला सहरमा स्थापित गर्न लागिरहेका छन्। कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, सुरेन्द्र थापा भीमसेन कँडेल, विजय घिमिरे सिर्जना बस्नेत, प्रभात रिमाल र सर्वजीत सिग्देल र गृहेन्द्र मुनांकर्मी सञ्जालमा रहेका छन् भने मुनांकर्मी जो अहिले मुख्य कार्यकारी अधिकृत छन्। २०८० बाट सञ्चालनमा आएको आर्ईएनआईको बारेमा उनी भन्छन्, ‘आफ्नो नै केही गर्नु पर्छ भन्ने लागेपछि सोच्न थालें। त्यो लेबलको रिक्स लिने कि नलिने भन्ने थियो लिएँ। अहिले यसैको ब्रान्डिङमा लागेको छु।’

‘लबिम मल र क्यूएफएक्सका हल स्थापनाकालदेखि नै जोडिएका मुनांकर्मीको अनुभव र सिनेमा प्रतिको लगावले आईएनआई सञ्चालनमा ल्याएको बताउँछन्।

हल स्थापित गर्न लागि परेका मनकंर्मी चलचित्र निर्माण गर्ने सोचमा भने छैनन्। ‘फिल्म हेर्न सबैलाई रमाइलो लाग्छ अब देखाउन कति रमाइलो हुन्छ त भनेर चासो भएर आइएनआइ सुरु गर्‍याैं,’ उनले भने, ‘चलचित्र निर्माण गर्दिनँ। कसैले निर्माण गर्छन् कसैले प्रदर्शन गर्छन्। मिलिजुली गर्ने हो। एउटैले सबै काम गर्न थालियो भने डुबिन्छ।’

सिनेमा 

मुनांकर्मी सिनेमा प्रति गम्भीर छन्। फिल्म चल्ने र नचल्ने हल सञ्चालकको हातमा नहुने बताउने मुनांकर्मी भन्छन्, ‘फिल्म नै राम्रो भयो भने चल्ने हो। राम्रो फिल्म भयो भने शो थपिने हो। दर्शक थपिने हो।’

तर सिनेमाकर्मीको सधैं गुनासो सुन्न पाइन्छ कि हल सञ्चालकले हल दिएनन्। शो संख्या दिएनन्।

निर्मताले फिल्म जुधाउने गरेका कारण पनि कुनै न कुनै फिल्मलाई नोक्सान हुन पुगेको बताउँछन् उनी। भन्छन्, ‘हल संख्याभन्दा पनि सिनेमा धेरै बन्यो। हप्तामा चारवटा चलचित्र प्रदर्शनमा आउन थालेपछि के चल्छ। दर्शकले कुन फिल्म हेर्ने। चार चलचित्रमध्ये जुन राम्रो छ त्यही दर्शकले हेर्ने हो। यस्तो समय चार मध्ये एक चल्छ बाँकी फिल्मले घाटा ब्यहोर्न परेको छ।’

आफूले सिनेमा हल सञ्चालनमा ल्याए पनि फिल्म निर्माणको विषयमा भने उनले सोचेका छैनन्। ‘सबै काम एकैले गरेको राम्रो हुँदैन। कोही हल चलाउने कोही फिल्म बनाउने गरेकै राम्रो,’ उनले भने।

सिनेमा निर्माणमा अझै कलाकारहरू तयार नभएको अवस्था छ नेपालमा। अहिले केही कलाकारहरू पारिश्रमिक शेयरमा बस्ने गरे पनि अझ त्यो व्यवसायिक हुन नसकेको बताउँछन् मनकंर्मी। तर सिनेमा अहिले नेपालभन्दा बाहिर राम्राे चलेको देख्छन् उनी। भन्छन्, ‘विदेशतिर वा डायस्पोरामा नेपाली चलचित्र राम्रो चल्न थालेको छ। हिजो स्पेशल शो अथवा स्पेशल स्क्रिनिङ भनेर च्यारिटी गर्नु पर्थ्याे भने अहिले सेड्युलमा चलाउन थालियो। यसले नेपाली फिल्मलाई विश्वव्यापीकरण भएको मान्न सकिन्छ।’

भिडियो: 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?