प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगिन् पूर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगिन् पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर।
+
-

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच तिक्तता बढेको अड्कलबाजी भइरहेका बेला दुई नेताबीच मंगलबार साँझ बालुवाटारमा करिब डेढ घन्टा कुराकानी भएको छ।

स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्।

करिब ७ बजे बालुवाटार प्रवेश गरेकी भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घन्टा समसामयिक राजनीति र अन्य विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणलगत्तै नेपालका पूर्वी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन्।

भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला उनको राजनीतिक भेटघाटबाट त्रसित प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै यस्ता गतिविधिको आलोचना गर्ने गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?