अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
+
-

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।

इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ।

अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता सीन पार्नेलले जानकारी दिए।

उनका अनुसार, यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ।

यद्यपि, अमेरिकाले आईएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले जनाए।

आईएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि, अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्‍याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो।

यस अभियानका क्रममा अमेरिकी सेनाहरूले प्रत्यक्ष रूपमा लडाइँमा सहभागिता जनाएका थिए भने हजारौँ सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो।

इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आइएसमाथि विजयको घोषणा गरेका थिए भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ)ले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो।

तर पनि अहिले केही ग्रामीण क्षेत्रहरूमा आइएसका लडाकुहरू सक्रिय रहेका कारण अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ। रासस/एएफपी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?