दिल्ली अपराजित रहँदा चेन्नईको लगातार तेस्रो हार

दिल्ली अपराजित रहँदा चेन्नईको लगातार तेस्रो हार
+
-

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले आफ्नो अपराजित यात्रा लगातार तेस्रो खेल सम्म कायम राखेको छ। शनिबार भएको खेलमा दिल्लीले चेन्नइलाई २५ रनले पराजित गर्‍याे । चेन्नईको भन्ने यो चौंथो खेलमा लगातार तेस्रो हार हो।

चेन्नइको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो। जवाफमा चेन्नइ भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो।

चेन्नइका लागि विजय शंकरले ६९ रनको नटआउट इनिङ खेल्दा उनलाई महेन्द्र सिंह धोनीले ३० रनमा अविजित साथ दिए। तर यि दुईले छैटौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरेपनि टिमको हार टार्न सकेन्। थप दोहोरो स्कोरका रुपमा शिवम दुवेले १८ रन बनाउँदा डेभन कन्वेले १३ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले केएल राहुलको ७७ रनको सानदार इनिङमा १ सय ८३ रन बनाएको थियो। उसका लागि अभिषेक पोरेलले ३३ तथा कप्तान अक्षर पटेलले २१ रन बनाए। त्यस्तै समिर रिजभीले २० रन बनाउँदा ट्रिस्टन स्टब्सले २४ रनको नटआउट इनिङ खेले।

जितसँगै दिल्ली अङ्क तालिकामा शीर्ष स्थानमा पुग्दा चेन्नइ भने आठौं स्थानमा रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?