सर्वोच्चमा कुलमानको रिट दर्ता हुँदा हितेन्द्रदेवको रिट फिर्ता

सर्वोच्चमा कुलमानको रिट दर्ता हुँदा हितेन्द्रदेवको रिट फिर्ता
+
-

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेपछि सर्वोच्च अदालत गएका कुलमान घिसिङको रिट दर्ता हुँदा नवनियुक्त अर्का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट भने सर्वोच्च अदालतले फिर्ता पठाएको छ।

कुलमान आफूलाई पुन: कार्यकारी निर्देशकमा फिर्ता गर्नु पर्ने माग गर्दै बुधबार अदालतमा गएका थिए भने हितेन्द्र आफूलाई चार वर्ष दायर गरेको रिटको चाँडो टुङ्गो लगाइदिन माग गर्दै अर्को रिट लगेर गएका थिए।

तर सर्वोच्च प्रशासनले हितेन्द्रले पेश गरेको रिट निवेदन प्रक्रिया नपुगेको भन्दै फिर्ता गरेको हो। शाक्यले चार वर्ष अगाडि आफूलाई हटाएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको निर्णय विरुद्ध रिट दायर गरेका थिए।

उक्त रिटको चाँडो टुंगो लगाइदिन माग गर्दै शाक्यले दिएको निवेदन सर्वोच्चले अंग नपुगेको भन्दै आज फिर्ता गरेको हो। कुलमान घिसिङले पनि आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय बद्र गर्न माग गर्दै मंगलबार नै सर्वोच्चमा रिट निवेदन पेश गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?