माध्यमिक शिक्षा परीक्षालाई मर्यादित र भयरहित बनाउन अपिल

माध्यमिक शिक्षा परीक्षालाई मर्यादित र भयरहित बनाउन अपिल
+
-

दाङ – शिक्षा विकास तथा समन्वय इकाइ, दाङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसइई लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गर्न सरोकारवालाहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न अपिल गरेको छ।

चैत्र ७ गते बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा दाङ जिल्लाका २५३ सामुदायिक तथा संस्थागत विद्यालयका नियमित र ग्रेडवृद्धि गरी जम्मा १४ हजार दुई सय ८८ जना परीक्षार्थी सहभागी हुनेछन्। तीमध्ये ३५० जना प्राविधिक धारका विद्यार्थी रहेका छन्।

परीक्षालाई मर्यादित बनाउन ४७ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न भइसकेको छ। साथै, प्रश्नपत्र, उत्तरपुस्तिका तथा अन्य परीक्षा सामग्री सम्बन्धित सुरक्षा निकाय र परीक्षा केन्द्रमा पु¥याउने तयारी पूरा भएको इकाइले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ, दाङले परीक्षालाई डर र त्रासको रूपमा नलिई सिकेका कुरा व्यवस्थित रूपमा प्रस्तुत गर्न विद्यार्थीहरूलाई प्रेरित गरेको छ। साथै, परीक्षा मर्यादा विपरीतका गतिविधिहरू नगर्न÷नगराउन १० वटै स्थानीय तह, अभिभावक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, राजनीतिकर्मी तथा गैरसरकारी संघसंस्था लगायत सबै सरोकारवालासँग सहयोगको अपिल गरेको हो।

‘परीक्षा एउटा नियमित प्रक्रिया भएको र यस तहको परीक्षासम्म आइपुग्दासम्म धेरै परीक्षाहरुमा सहभागी भई यहाँसम्म आइपुगेको हुँदा यस परीक्षालाई डर र त्रासका रुपमा नलिई आफूले सिकेका कुरा व्यवस्थित ढंगले प्रस्तुत गर्न विद्यार्थीहरु तयार हुनुहुन्छ भन्नेमा शिक्षा विकास तथा समन्वय इकाइ, दाङ विश्वस्त छ’अपिलमा भनिएको छ। परीक्षलाई व्यवस्थीत गर्न सबै तयारी र प्रक्रियाहरु पुरा भएको एकाइ प्रमुख देवमणी चौधरीले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?