निर्देशक दीपक रौनियारसँग अन्तर्वार्ता

राजागञ्जमा किन लाग्यो सेन्सर बोर्डको आँखा? (भिडियो)

+
-

राजनीतिक विषयलाई पृष्टभूमि बनाई समाजको तमाम विभेद र असमानताका कथालाई चलचित्रमार्फत् ल्याई बहस गराउँछन् गराउँछन् निर्देशक दिपक रौनियार । उनी निर्देशित चलचित्र ‘सेतो सूर्य', ‘हाइवे’ र ‘राजागञ्ज’ले अन्तर्राष्ट्रिय चलचित्र जगतमा दह्रो उपस्थिति जनाइसकेको छ।

अमेरिकाको बोस्टन युनिभर्सिटीमा चलचित्र पढाउँदै आइरहेका रौनियारको चलचित्र ‘राजागञ्ज’ ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ।

सोही चलचित्रमा प्रधानमन्त्रीको भिडियो क्लीपका कारण सेन्सर बोर्डले कैंची चलायो, जसका विरुद्ध अहिले चलचित्रकर्मीहरु एक भएका छन् ।

‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। यस चलचित्र भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला चलचित्र महोत्सवमा सहभागी भइसकेको छ।

यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। भेनिस इन्टरनेशनल फिल्म फेस्टिभलमा १० मिनेटको स्टान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

पत्रकारिता हुँदै नेपाली चलचित्र निर्देशनमा लागेका रौनियारले देशसञ्चारका लागि आफ्ना अनुभव सुनाएका छन्।

पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?