अन्तर्राष्ट्रिय महिला दिवस विशेष:

‘अब त महिला आत्मनिर्भर हुनै पर्छ’

‘अब त महिला आत्मनिर्भर हुनै पर्छ’
+
-

करिब १६ वर्षपहिले आफ्ना तीन जना साथीसँग मिलेर सानो थकाली भान्साघर सुरु गरेकी तृष्णा शेरचन यतिबेला चिरपरिचित ‘मन्त्र थकाली’को मालिक हुन्।

पोखराबाट व्यवसाय सुरु गर्दा उनीसँग खासै धेरै कामदार थिएनन्, न त थियो ठूलो लगानी । जोश थियो, सपना थियो, थियो हौसला अनि सुरु भयो चार जनाको १६ वर्षे अनवरत यात्रा। जसमा सारथि बनिदिए उनका साथीहरू: रोशनी शेरचन, बिनिता गौचन र नमिता भट्टचन।

१८ वर्षको उमेरमा विवाह गरेकी उनी बिहेपछि श्रीमान्‌सँग जापान गइन्। त्यहाँ होटल क्षेत्रमा काम गरिन्। त्यो बेला अरु केही अप्सन थिएन। दुई पटक गरी गरिब ६ वर्षसम्म जापानमा बिताएकी उनले त्यहाँ रहँदा होटलमै काम गरिन्। जसले उनलाई त्यसक्षेत्रमा काम गर्नका लागि अनुभव मात्र दिएन हौसला र केही साथी पनि दियो।

बच्चा जन्मिएपछि उनी स्याहारमै ब्यस्त भइन्। तर, बच्चासँगै काम गर्ने उनको चाह पनि हुर्किँदै गयो। उनकी सासू होटल चलाउँथिन्। त्यसमै काम गर्दै जाँदा उनको परिकार र स्वादको राम्रो तारिफ हुन थाल्यो। होटल खोल्न सुझाव पनि आउन थाल्यो, जसले उनलाई आफ्नै व्यवसाय सुरु गर्न झनै प्रेरणा थप्यो।

डाडु, पन्यु र किचनका स-साना कुरामा रमाइरहने तृष्णालाई ठूला राजनीतिक बहसको उति चाख छैन। ‘लामो समयदेखि काम-काम भनेर यसमै लागिपरियो। आफ्नो कर्ममा विश्वास गर्नुपर्छ सबै राम्रो हुन्छ जस्तो लाग्छ,’ उनी भन्छिन्।

बजार निकै प्रतिष्पर्धात्मक छ। अनि महँगाइ पनि उस्तै। पुरुषले मात्र काम गरेर परिवार धान्न पनि मुस्किल अवस्था छ। रहरभन्दा पनि बाध्यताले नै महिलालाई उत्पादनशील र परिणाममुखी काम गर्न प्रेरित गरिरहेको छ।

उनको नजरमा पहिलेको तुलनामा यतिबेला महिला बढी सक्रिय र आत्मनिर्भर छन्। यो महिलाको रहर मात्र नभएर बाध्यता पनि भएको उनको ठहर छ। ‘बजार निकै प्रतिस्पर्धात्मक छ। अनि महँगाइ पनि उस्तै। पुरुषले मात्र काम गरेर परिवार धान्न पनि मस्किल पर्ने अवस्था छ,’ उनी थप्छिन्,’रहरभन्दा पनि बाध्यताले नै महिलालाई उत्पादनशील र परिणाममुखी काम गर्न प्रेरित गरिरहेको छ।‘

महिला र पुरुष भनेर अलग्याइनुभन्दा पनि समान ढंगले काम गर्न सके अझै सफल भइने उनको विश्वास छ। यसो हुँदा कुनै दिन कुरेर महिला सशक्तीरकणका लागि बहस गर्नुपर्ने अवस्था नरहनेसमेत उनको जिकिर छ। ‘अब त महिला पुरुषभन्दा पनि दुवैले समान ढंगले काम गर्नुपर्ने बेला आएको छ। एक-अर्कालाई सघाएर स्वतन्त्र ढंगले मिहिनेत गरे सफल भइन्छ। यसमा सशक्तीकरण र बहसका कुरा खासै आवश्यक पर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छिन्।

मन्त्र थकालीमा काठमाडौं र पोखरामा गरी सय  जनाभन्दा बढी कामदार छन्। चार वटा शाखामा उनीसहित उनका तीन जना सहेली आफैँ सक्रिय भएर किचन सम्हाल्छन्। खानाको परिकार मात्र नभएर ग्राहकसँग गर्ने व्यवहारका कारण पनि उनको प्रशंसा चुलिएको छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?