अन्तर्राष्ट्रिय महिला दिवस विशेष:

‘नेतृत्व तहमा आउन महिला मात्र होइन, पुरुषलाई पनि गाह्रो छ’

‘नेतृत्व तहमा आउन महिला मात्र होइन, पुरुषलाई पनि गाह्रो छ’
+
-

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष पनि नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ। महिला हक र अधिकारका विषयमा अधिकजसो चर्चा र बहस गर्ने गरेको पाइन्छ, नारी दिवसमा।

सदियाैंदेखि महिलामाथि भएको विभेद र वर्तमानमा पनि यथावत् रहेको त्यसको प्रभावले नेपाली समाजमा महिला स्थापित हुन कठिन मानिन्छ। तथापि, अनेकन बाधा, अवरोध र समाजिक बन्देजका बाबजुद पनि यहीँ समाजमा महिलाले आफूलाई अब्बल सावित गरेका थुप्रै उदाहरण छन्।

ती महिला जसले आफ्नो परिवारिक जिम्मेवारी मात्र नभएर समाज र समाजिक दायित्वका साथै आफ्नो कामकाजी जीवनलाई निकै प्रभावरी ढंगबाट अगाडि बढाएका छन्, जुन अन्य महिला पात्रका लागि प्रेरणा हुन सक्छ। हौसला हुन सक्छ।

समयको गतिशीलता र विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रमले महिलाको हकमा केही हदसम्म परिवर्तन ल्याएको कुरा नकार्न सकिन्न। तर, पूँजीवादी व्यवस्था र बढ्दो बजार प्रतिष्पर्धामा महिला झनै दोहोरो शोषण (परिवार र कार्यक्षेत्र)मा परेको पनि देखिन्छ। पितृसत्ताका विभिन्न रूप र स्वरुपका बाबजुद पनि यहीँ समाजसँग जुध्दै आफूलाई स्थापित गर्ने महिलाहरूको पनि कमी छैन, नेपाली समाजमा। यस्तै एक उदाहरणीय पात्र हुन्, संगीता पहाडी।

नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक, संगीता पहाडी नेतृत्व तहमा आउन चाहाने हरेक महिलाका लागि आदर्शको पात्र हुन्। लामो समयसम्मको निरन्तर मेहनतका कारण लक्ष्यमा पुगेकी पहाडीले छिचोलेका संघर्षका पहाड उनको सफलताका कारक हुन्।

अध्ययनमा विशेष रुची राख्ने उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी हुन्।

कुशल प्रशासकको रूपमा परिचित उनी काठमाडौंको पुतलीसडकमा जन्मिएकी हुन्। उनले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन्। त्यसबेला पढ्ने छोरीमान्छे नै न्यून थिए। त्यसमाथि विज्ञान संकायमा फिजिक्स रोज्ने त एकदमै न्यून, त्यहीँमा एक पर्थिन पहाडी पनि।

त्रिचन्द्र कलेजमा उनले पढ्दा तीन जना केटी मात्र थिए। त्रिचन्द्रको अध्ययन सक्काएर थप अध्ययनका लागि भारत प्रस्थान गरेकी उनी, संभव त पहिलो महिला थिइन्, जसले भारतमा इन्जिनियरिङ पढ्दै थिइन्।

नेतृत्व तहमा आउन महिला मात्र होइन पुरुषलाई पनि कठिन नै छ। समाज र व्यवस्थाले महिलालाई असहजता बनाएको कुरा पनि नकार्न सकिन्न। आफूमाथि विश्वास राखेर अगाडि बढे एकदिन पक्कै लक्ष्यमा पुगिन्छ।

कर्मलाई उच्च प्राथमिकतामा राख्ने स्वाभावकी उनी भारतबाट अध्ययन गरी फर्किएलगत्तै ०४९ सालमा अस्थायी जागिरेका रुपमा टेलिकममा प्रवेश गरिन्। त्यतिबेला वर्तमान नेपाल टेलिकम थिएन, नेपाल दूरसञ्चार संस्थान थियो जसमा इञ्जिनीयर पद करारमा थिइन् उनी। त्यसपछि, ०५१ मा स्थायी नियुक्ति लिएकी उनी विभिन्त तह पार गर्दै प्रवन्ध निर्देशक बनिन्।

नेतृत्व तहमा पुग्नका लागि महिला मात्र नभएर पुरुषलाई पनि निकै कठीन हुने उनको भनाई छ। समान अवसरको कमीका कारणले महिलालाई पुरुषको तुलनामा ज्यादा समस्या हुने गरेको उनी सुनाउँछिन्। जसकारण नेपालमा राजनीतिक तथा प्रशासनिक दुवै क्षेत्रमा महिला सहभागिताको अवस्था न्युन रहेको उनी सुनाउँछिन्।

अन्य देशको तुलनामा नेपालमा महिला सहभागिता कम भएको बताउँदै यसको सुधारका लागि नीतिगत तहमै महिला नेतृत्वको विकासका लागि पहल हुनुपर्ने उनी बताउँछिन्। आफूमाथि विश्वास राखेर अगाडि बढे एकदिन पक्कै लक्ष्यमा पुगिने उनको ठम्याई छ।

मार्च ८ ले संविधाले दिएको अधिकारको प्रत्यभूत गर्दै महिलामाथि हुने विभेदको मद्दत गर्ने जिकिर गर्दै यसलाई सकारात्मक र सशक्त ढंगले लैजानुपर्ने उनी बताउँछिन्। यसकारण त्यसदिनलाई ऐतिहासिक उत्सवको दिनको रुपमा लिन उनी सुझाँउँछिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?