अन्तर्राष्ट्रिय महिला दिवस विशेष:

‘अन्यायविरूद्ध बोल्ने साहस महिला आफैँले गर्नुपर्छ’

‘अन्यायविरूद्ध बोल्ने साहस महिला आफैँले गर्नुपर्छ’
+
-

नेपाली साहित्य जगतमा परिचित नाम हो, इन्दिरा प्रसाई। आजभन्दा ६७ वर्ष पहिले भारतको दार्जिलिङमा जन्मिएकी उनी सानैदेखि अध्ययनमा विशेष रुचि राख्थिन्। त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको अध्ययन गरेकी उनले लामो समय प्रध्यापन पेशामा बिताइन्।

प्रध्यापनसँगै साहित्य जगतमा अनवरत रूपमा क्रियाशील रहेकी उनी नेपाली साहित्य इतिहासको मात्र होइन राजनीति तथा व्यवस्थामा आएको परिवर्तनको साक्षी पनि हुन्।

नारी भएकै कारण म आफू थिचोमिचोमा नपरे पनि समस्यामा परेका धेरै महिलाको आवाज बनेकी छु। जबसम्म महिला आफैमा अन्यायविरूद्ध बोल्ने साहस हुँदैन तबसम्म पितृसत्ताको हुंकारमा ब्रेक लाग्दैन।

निडर र हक्की स्वाभावकी इन्दिराले नारी भएकै कारण आफू थिचोमिचोमा नपरेको सुखद् अनुभव सुनाउँछिन्। तर, आफू नपरे पनि अन्य महिलामा भएको विभेद देख्दा उनी पिरोलिन्थिन् र त्यसको विरोधमा आवाज उठाउँथिन्। ‘झन्डै २५ वर्ष पढाएँ। म त थिचिने खालकी थिइन् तर कतिपय शिक्षिका स्त्री भएकै कारण थिचोमिचोमा परेको देखेकी छु। त्यसबेला मैले उनीहरूको समर्थनमा प्रशासनविरुद्ध आवाज उठाएकी छु। तर अन्यायमा परेकाले लुकेर मात्र विद्रोह गर्ने प्रवृत्तिले आफू आहत हुने गर्थेँ,’ उनी सुनाउँछिन्,’हामी महिला स्वयममा जबसम्म अन्यायविरूद्ध आवाज उठाउने साहस हुँदैन तबसम्म पितृसत्ताको हुंकारमा ब्रेक लाग्दैन भन्ने शिक्षा पाएँ।’

राजतन्त्रदेखि गणतन्त्रात्मक व्यवस्थामसम्म आइपुग्दा समयजस्तै लामा अनुभव पनि छन्, उनीसँग। ०६२ सालमा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भएकी उनीसँग त्यसैताका श्री ५ को सरकारको सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ।

कथा, कविता संग्रह, उपन्यासलगायत गरी ५८ वटा कृति जन्माएकी उनी नइ प्रकाशनकी कुलपति हुन्। जसले साहित्यको उन्नयन र त्यस क्षेत्रमा लाग्नेका लागि हौसता दिनका लागि पुस्तक प्रकाशन, सम्मान तथा विभिन्न रचनात्मक काम गर्दै आएको छ।

विभिन्न व्यवस्था र अवस्थाको साक्षी रहेकी इन्दिरालाई लाग्छ, कुनैपनि क्षेत्रमा सफल हुनका लागि लक्ष्यमा एकनिष्ठ भावले समर्पित हुनुपर्दछ। साहित्यको क्षेत्रमा पनि महिलाको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि नभएको उनको ठहर छ। ‘अहिले लेखनमा महिलाको सङ्ख्यात्मक वृद्धि अपेक्षा भन्दा बढी हुनु खुसीको कुरा हो। तर महिला लेखनमा गुणात्मक वृद्धिको भने अझै पनि पर्खाईमै रहनुपर्ने पाउँछु। तर आशलाग्दो चाहिँ छ नै,’ उनी भन्छिन्।

ग्राहस्थ्य जीवनमा प्रवेश गरेका महिलाका लागि साहित्य लेखनीमा टिक्न निक्कै कठीन हुने उनी बताउँछिन्। यसकारण प्रवेशकालीन लेखनमा आशलाग्दा महिला पनि तुहिने अवस्था अझै रहेको उनको भनाई छ। जसको मुख्य दोषी समाज र सामाजिक सोच देख्छिन्, उनी। ‘पितृसत्तात्मक सोच र अहंले समाज गाँजिएकै अवस्थामा छ। त्यसैले ग्राहस्थ्य जीवनमा अझै पनि महिलाबाट नै सम्पूर्ण जिम्मेवारी पालनको अपेक्षा गरिन्छ। जस‌ले गर्दा महिलाले फराकिलो गरी लेखनमा समर्पित हुने अवसर प्राप्त गर्न हम्मे छ,’ उनी भन्छिन्।

हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष पनि नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ। महिला हक र अधिकारका विषयमा अधिकजसो चर्चा र बहस गर्ने गरेको पाइन्छ, नारी दिवसमा।

विगतमा मार्च ८ (नारी दिवस)को सौम्य स्वरूपको स्वत: स्फूर्त विद्रोह सह्राहनीय भएको भएको भएपनि वर्तमान समयमा भने भाँडभैलो तरिकामा जान थालेको साहित्यकार प्रसाईको ठम्याई छ। ‘परापूर्वकालदेखि दवीएका, थिचिएका, पित्रृसत्तात्मक विविध मारद्वारा प्रताडित आवाज खुल्दै जानु आवश्यक थियो। तर ८ मार्चको अभिप्राय विपरित अहिले हाम्रो संस्कृति नै मास्ने गरी प्रायोजित महिला विद्रोह अथवा सामाजिक भाँडभैलोका रूपमा नारी स्वतन्त्रता र अधिकारको माग गरिनु अलि नपच्ने खाले देखिन्छ’ उनी भन्छिन्।

यो पनि पढ्नूहोस्:

‘महिलाको भूमिकालाई उपेक्षा गरियो, दिवस मात्र होइन अरुबेला पनि बहस जरुरी छ’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?