सेफ सन्तोष शाहसँग देशसञ्चार चौतारी

५० हजार बालबालिकालाई एकैपटक कोदोको खिर ख्वायौँ…

+
-

सिरहाको गाउँबाट एसएलसीमा फेल भएपछि भारत भासिएका सन्तोष शाह सफल भएपछिमात्र नेपाल फर्के। सम्भवत: अहिले नेपालको सबैभन्दा चर्चित सेफ हुन् उनी।

भारतको फाइभ स्टार होटलदेखि लण्डनको फाइभ स्टार होटलसम्मको प्रमुख सेफको भूमिका निर्वाह गरेर उनी अहिले नेपालमै मिथिला थालीका आउटलेटहरु खोल्न व्यस्त छन्। अहिले मिथिला थालीका चारवटा आउटलेट खुलिसकेका छन् भने नेपाल र विश्वका अन्य स्थानमा पनि मिथिला थालीको आउटलेट खुल्ने प्रक्रियामा छन्।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले तिनै चर्चित सेफ सन्तोष शाहसँग अन्तर्क्रिया गरेका छौँ। उनले बिबिसी मास्टर सेफमा उपाधिसमेत जितेका छन्।

उनले मिथिला थालीका आउटलेटहरु मात्र खोलिरहेका छैनन्, काठमाडौँ महानगरका रेस्टुरेन्ट र भान्साको ‘हाइजिन’का बारे पनि विभिन्न कार्यक्रम ल्याइरहेका छन्। नेपाललाई खानाका माध्यमबाट संसारभरि नै चिनाउन लागिपरेका सन्तोष शाहले नेपालमा कर्णाली, थारु, किराँत थालीको पनि सम्भावना रहेको बताए।

उनले जनकपुरसहित अन्य आउटलेटहरुमा मिथिला परिकारबारे जानकार राख्ने एकल महिलाहरुलाई रोजगारको अवसरमात्र दिएका छैनन्, उनीहरुका छोराछोरीलाई स्नातकसम्म छात्रवृत्ति पनि दिएका छन्। उनको संघर्षबारे एउटा बायोपिक पनि निर्माणका क्रममा छ।

उनै सेलिब्रेटी सेफ सन्तोष शाहसँग गरिएको देशसञ्चार चौतारीको पूर्ण भाग:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?