देशको शान्ति सुव्यवस्था ठीक नभएपनि ठीक भन्नुपर्‍यो: एमाले सांसद श्रेष्ठ

देशको शान्ति सुव्यवस्था ठीक नभएपनि ठीक भन्नुपर्‍यो: एमाले सांसद श्रेष्ठ
+
-

काठमाडौं- नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले देशको शान्ति सुव्यवस्था ठीक नभए पनि ठीक भएको जिकिर गर्नुपर्ने बताएका छन्।   

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहसचिव एकनारायण अर्यालले देशको शान्ति सुव्यवस्था ठीक-ठिकै छ भनेपछि उनले त्यसमा आपत्ति जनाउँदै यस्तो बताएका हुन्। ‘तपाईंले ठीक-ठिकै छ भन्ने होइन, ठीक छ भन्ने हो। सत्ता पक्षको सांसद भएकाले तपाईंबाट त्यो अपेक्षा गर्छौं, ‘ उनले भने।

बैठकमा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताकाे  उपस्थित छ।

यस्तै, बैठकमा नेपाली सेनाका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको छ।

बैठक अहिले सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छ। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी विषयमा छलफल भइरहेको छ। 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?