एकैदिन १८ सयले बढ्यो सुनको मूल्य

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य
सांकेतिक तस्बिर।
+
-

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन तोलामा १८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको हो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख ४६ हजार रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ८० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ तोलाको १७ सय ४० रुपैयाँ कायम रहेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?