उपत्यकाका विभिन्न स्थानमा डुबान, सुन्दरीघाटबाट ८ सहित ललितपुरबाट २४ जनाको उद्धार

उपत्यकाका विभिन्न स्थानमा डुबान, सुन्दरीघाटबाट ८ सहित ललितपुरबाट २४ जनाको उद्धार
+
-

काठमाडौं- रातभर आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। हालसम्म प्राप्त विवरणअनुसार डुबानबाट बढी प्रभावित ललितपुर रहेको छ। ललितपुरका ७ स्थान डुबानमा परेका छन्।

हालसम्म मानवीय क्षतिको विवरण नआएपनि डुबानबाट भौतिक क्षति भएको पाइएको छ। प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका- ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।

नदीहरू खतराको तह आसपास

गएराति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएकाले नदीहरूमा बाढी आएको छ।

बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले जनाएको छ। ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ। उक्त क्षेत्रमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ।

बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ। बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुईवटा ट्रकसमेत पल्टिएर डुबेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?