जब सात महिने गर्भवती खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा मात्र होइन, जित पनि निकालिन्

जब सात महिने गर्भवती खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा मात्र होइन, जित पनि निकालिन्
+
-

इजिप्टिसियन फेन्सिङ खेलाडी नाडा हाफिसले पेरिस ओलम्पिकमा सात महिनाको गर्भवती अवस्थामा बहादुरीपूर्ण प्रतिस्पर्धा गरेकी छन्। २६ वर्षीय हाफिजले आफ्नो पहिलाे खेल जित्दै अन्तिम १६ मा प्रवेश गरिन्। तर उनी अन्तिम १६ बाटै बाहिरिन्।

हाफिसले बाहिरिएपछि इन्स्टाग्राममा आफू सात महिनाको गर्भवती रहेको खुलासा गरेकी छन्। ‘तपाईंहरूले पोडियममा दुई खेलाडी देख्नु भएको थियो होला, तर वास्तवमा त्यहाँ हामी तीन थियौं, म, मेरी प्रतिस्पर्धी र अहिलेसम्म दुनियाँमा नआएकी मेरी छोरी।’

कायरोमा बस्दै आएकी ओलम्पियन हाफिसले गर्भवतीका बाबजुत हौसला बुलन्द बनाउने परिवार र सहयोगीहरूका कारण ओलम्पिक सम्भव भएको बताइन्। उनले पेरिसको ग्रान्ड प्यालेसमा दक्षिण कोरियाको जियोन हेयान्सलाई पहिलो खेलमा १५७ ले हराउँदै अघिल्लो चरण प्रवेश गरिन्।

यद्यपि अन्तिम १६ मा अमेरिकी खेलाडी एलिजाबेथ टार्टाकोवस्कीसँग कडा प्रतिस्पर्धाबीच १५-१३ ले खेल गुमाइन्। उनले भनिन्, ‘मेरो बच्चा र मेरो सामु धेरै चुनौतीहरू थिए। चाहे शारीरिक होस् या भावनात्मक, ‘ उनले भनिन्, ‘गर्भावस्थाको उतार-चढाव आफैमा कठिन हुन्छ। तर जीवन र खेलका बीचमा सन्तुलन बनाइ राख्नका लागि संघर्ष गर्नु निकैनै कठिन काम हो। यद्यपि यसका लागि म सफल भँए।’

उनले आफूलाई  परिवारको साथ र भरोसा मिलेकाे पनि बताइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?