नेतृत्व विकासमा जुटे दृष्टिविहीन

नेतृत्व विकासमा जुटे दृष्टिविहीन
+
-

ललितपुर- गरिब जनताको पक्षमा त राज्य उदासिन छ भने अपांङहरूको अवस्था कस्तो होला? यो सबैले सहजै अनुभव गर्ने कुरा हो। राज्यबाट हुने गरेका अनगिन्ती भेदभावको सिकार भएका दृष्टिविहीनहरूले हालै राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो अधिकारको विषयमा चर्चा गरे।

कार्यक्रमको आयोजना दृष्टिविहीन सहयोग केन्द्रले गरेको थियो। ‘अपांगता अधिकारको क्षेत्रमा नेतृत्व विकास’ नाम दिइएको दुई दिने कार्यक्रममा दृष्टिविहीनहरूलाई आफ्नो अधिकार माग गर्ने शिक्षा प्रदान गरिएको थियो।

दृष्टिवीहिन सहयोग केन्द्रका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीले कार्यक्रम आयोजना गर्नुको औचित्य सुनाएको थिए। उनले भने, ‘म एउटा कार्यक्रममा सहभागी हुन गएको थिए। काठमाडौंको पाँच तारे होटलमा ‘अपांगता भएका व्यक्तिहरूको अधिकार’ स्थापित कसरी गर्ने भन्ने कार्यक्रममा राजनीतिक कुरा गरेर समय खर्चिएको देखेर म उदासिन भए। यतिबेला आयोजकहरूलाई आफ्नो अधिकारको विषयमा अपांगहरूले प्रश्न गर्न नसकेको घटनाले मलाई झनै झकझक्यायो। यो घटनापछि मलाई लाग्यो- जसलाई अधिकार चाहिने हो, उसले नबोलेसम्म कसलाई थाहा हुन्छ? त्यसैले मैले नेतृत्व विकास नभएसम्म केही हुँदैन भनेर यो कार्यक्रमको आयोजना गरेको हुँ।’

कार्यक्रममा बाग्मती प्रदेशका ३० जना दृष्टिविहिनहरूको सहभागिता थियो। दुई दिने तालिम कार्यक्रममा सहभागी भएपछि दृष्टिविहीनहरूको अनुभव थियो, ‘यस्तो कार्यक्रम सबैलाई आवश्यक रहेछ। जबसम्म हामीले बोल्न सक्दैनौं, अरूलाई हाम्रो समस्या कसरी थाहा हुन्छ?’

कार्यक्रममा ललितपुरस्थित महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले भने, ‘अपांगता भएका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । तपाईँहरू योजनासहित आउनुहोस्, हामी सहयोग गर्न तयार छौं।’

उनले दातृनिकायहरूको सहयोगमा आफ्नो नगरपालिकामा १ करोड २० लाख रुपैयाँमा आवासीय स्कुल पनि स्थापना भएको जानकारी दिए। केन्द्र र प्रदेश सरकारले नभ्याएको काम गर्न आफूहरू तयार रहेको उनको भनाई थियो।

यस कार्यक्रममा दृष्टिविहीनहरूलाई कसरी नेतृत्व क्षमता विकास गर्ने भनेर मानवअधिकार विज्ञ श्रीराम अधिकारी, अधिवक्ता देवी रेग्मी पोख्रेल तथा महालक्ष्मी नगरपालिका सामाजिक विकास प्रमुख अधिवक्ता गिरीराज खनालले कक्षा सञ्चालन गरेका थिए।

यस अवसरमा समाज कल्याण परिषद्का पूर्व कोषाध्यक्ष सूर्यबहादुर थापा, नेत्रहिन क्रिकेट संघका अध्यक्ष कर्णेल पवन घिमिरेलगायतको उपस्थिति थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?