युवाको बल र स्थानीय संगठनको जगमा राजसंस्थासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्छौँः महामन्त्री राणा

युवाको बल र स्थानीय संगठनको जगमा राजसंस्थासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्छौँः महामन्त्री राणा
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले युवाहरूको बल र स्थानीय संगठनको जगमा राजसंस्था तथा हिन्दुराष्ट्र पुनःस्थापना गर्ने बताएका छन्।

‘देशको समस्या र आवश्यकता चानचुने कुराले पूरा हुँदैन, त्यसकारण हिजोको गल्ती सच्याएर राजा सहितको प्रजातन्त्र, हिन्दुसंस्था एवं भ्रष्टाचारमुक्त सुशासन स्थापना गर्न टड्कारो भएको छ। यसै लक्ष्य प्राप्त गर्न राप्रपाले देशभरीका वडाबाट बीस हजार युवा दस्ता खडा गर्नेछ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

संगठन विभागको कार्ययोजनाअनुरुप काठमाडौँ महानगर कार्य समितिद्वारा आयोजित विस्तारित बैठकमा उपाध्यक्ष हेमजंग गुरुङले पार्टीको एजेण्डा जनताबीच लोकप्रिय बनेको अवस्था इंगित गर्दै संगठन निर्माणको नियमित कामलाई जोडबल दिनुपर्ने बताए।

महामन्त्री कुन्ती शाहीले हिजोको अनुभवबाट पाठ सिक्दै राप्रपाले आन्दोलनको आगामी रणनीति तयार गर्ने बताइन्। आन्दोलनमा युवाहरूको महत्वपूर्ण भूमिका रहने भन्दै कम क्षति र अधिकतम प्रभावको लाइनमा आन्दोलन अघि बढ्ने बताइन्।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा देखिएको महारोग केवल सरकार परिवर्तन गरेर मात्र समाधान नहुने बताए। त्रिपक्षीय द्वन्द्वको एक पक्ष राजसंस्थालाई शान्ति प्रक्रियामा समावेश नगरी भएका गल्ती सच्याएर देशमा नवीन समझदारी गर्नुपर्ने, सबै विचार र शक्ति समेटेर दिगो शान्ति कायम गर्नुपर्ने बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?