लायन्स क्लबले दियो तारकेश्वर नगरपालिकालाई कन्भेक्स मिरर

लायन्स क्लबले दियो तारकेश्वर नगरपालिकालाई कन्भेक्स मिरर
+
-

काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ हार्मोनीले सडक दुर्घटना न्यूनीकरण गर्न तारकेश्वर नगरपालिकालाई कन्भेक्स मिरर हस्तान्तरण गरेको छ।

सडक दुर्घटना न्यूनीकरणको लागि स्थानीय सरकार तथा सामाजिक संस्था साझेदार कार्यक्रमअन्तर्गत कन्भेक्स मिरर हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौँ हार्मोनीका लायन दिपक पाण्डेले जानकारी दिए।

नगरपालिकाको भवनमा लायन्स क्लब अफ काठमाडौँ हार्मोनीका अध्यक्ष मुकुन्द अधिकारी, भरत अर्याल, भूपाल उप्रेती, राजेन्द्र बास्ताकोटी, डिष्ट्रिक ३२५ का गर्भनर विमल कुमार होडा, तथा अन्य पदाधिकारीले नगरपालिकाका मेयर कृष्ण हरि महर्जनलाई २० थान कन्भेक्स मिरर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मेयर महर्जनले सम्पूर्ण सरोकारवाला सामाजिक अभियन्ताहरूलाई धन्यवाद व्यक्त गर्दै साझेदार कार्यक्रमअन्तर्गतको कुनै पनि सहयोग सानो नहुने र सडक दुर्घटना न्यूनीकरणको लागि अत्यन्त प्रभावकारी हुने बताए।

क्लबका संरक्षक भरतबहादुर अर्यालले उक्त कार्यक्रममा वितरण गरेको सामाग्रीको मूल्य १ लाख २० हजार रुपैयाँ बराबर रहेको बताए। उनले स्थानीय सरकार तथा सामाजिक संस्था साझेदार कार्यक्रमअन्तर्गत विगतमा विभिन्न नगरपालिकामा हस्तान्तरण गरिसकेको र आगामी दिनमा आवश्यकता र माग भएबमोजिम यस कार्यलाई निरन्तरा दिने जानकारी गराए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?