विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः शिक्षामन्त्री भट्टराई

विद्यार्थी विदेश पलायन रोक्न स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्छौंः शिक्षामन्त्री भट्टराई
+
-

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छन्।

मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उनले नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त रहेको बताइन्। उनले रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेको बताइन्।

युवालाई स्वदेशमै रोक्न शैक्षिक कार्यक्रमहरुलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ थियो। उनले त्रिुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाउने पनि बताइन्।

उनले सरकारले चाँडै अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगमार्फत थप बजेट विनियोजन गर्ने बताइन्।

उनले भनिन्, ‘नेपाल आज प्रतिभा पलायनको समस्याले आक्रान्त छ। रोजगारीका अलावा उच्च शिक्षा आर्जनका लागि समेत हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विद्यार्थी नेपाल छोडेर अन्यत्र गइरहेका छन्। तिनलाई स्वदेशमा नै उनीहरुको मागअनुसार उच्च शिक्षाको व्यवस्था गर्न पनि हाम्रो ध्यान जानु आवश्यक छ। यसका लागि हामीले हाम्रा शैक्षिक कार्यक्रमहरुलाई समयानुकूल परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ।’

मन्त्री भट्टराईले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?