साउथ एसियन कराते च्याम्पियनसिपका स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित

साउथ एसियन कराते च्याम्पियनसिपका स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित
+
-

काठमाडौं‌- भुटानको थिम्पुमा सम्पन्न भएको साउथ एशियन कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता आशिष श्रेष्ठलाई लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले सम्मान गरेको छ। आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा श्रेष्ठले स्वर्ण पदक जितेका थिए।

१८ वर्षीय श्रेष्ठले २१ वर्षमुनिको ८४ केजी तौल समूहमा भारतका शुभाकान्त विस्वाललाई पराजित गर्दै स्वर्ण जितेका थिए।

विगत १० वर्षदेखि कराते खेल्दै आएका श्रेष्ठलाई कलेजले थप सफलताको शुभकामनासहित सम्मान गरको हो।

उनी लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा बिबिआइएस (ब्याचलर अफ बिजनेस इन्फरमेशन सिस्टम) मा प्रथम वर्षमा अध्यनरत रहेका छन्।

उक्त प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कुल ६२ पदकसहित टिम प्रथम भएको थियो। त्यस्तै, भारत २७ स्वर्ण २० रजत र १३ कास्यसहित दोस्रो हुँदा श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको थियो। आयोजक भुटानले भने ५ रजत र ३७ कास्य पदक सहित चौंथो स्थानमा चित बुझाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?