आत्महत्या रोकथामका लागि दुईदिने तालिम

आत्महत्या रोकथामका लागि दुईदिने तालिम
+
-

साइकडेस्क फाउन्डेसनले द स्कुल अफ साइकलोजी नेपाल र वर्ल्डलिङ्क कम्युनिकेसन्सको सहयोगमा दुईदिने आत्महत्या रोकथामसम्बन्धी तालिम आयोजना गरेको छ।

वर्ल्डलिङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भक्तपुरमा आत्महत्या रोकथाम सम्बन्धी तालिम आयोजना गरिएको हो।

आत्महत्याको न्यूनीकरण गर्न भावनात्मक र सामाजिक सहयोगसँगै मनोविज्ञानको शिक्षाले पनि यसलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउँछ भनी साइक्डेस्क फाउण्डेसन भक्त्तपुरले आत्महत्या रोकथामका लागि विद्यार्थीहरुलाई दुई्दिने तालिम दिएको हो।

बढ्दो बालबालिका र युवायुवतीमा अहिले आत्महत्या गर्ने संख्या बढ्दो छ। यस कुरालाई महत्वमा राखी प्रशिक्षक मनोविद् डा. नरेन्दसिंह ठगुन्रालेआत्महत्या गर्नुअगाडि आउने सोच र त्यो सोच आएमा के गर्ने, कोसँग सहयोग माग्ने भन्ने जस्ता कुरामा छलफल गरेर यो तालिम सम्पन्न भएको हो।

अहिलेसम्म प्रशिक्षक मनोविद् डा.नरेन्द्रसिंह ठगुन्राले नेपाल, इण्डिया र बंगलादेशमा गरी १२१० जनालाई यो तालिम दिइसकेका छन् भने करिव ८० हजारभन्दा बढी मानिसले यो तालिमबाट प्रत्यक्ष सहभागी भएर फाइदा लिसकेका छन्।

यो तालिममा पत्रकारदेखि मनोविद्, इन्जिनियरदेखि मेडिसिन क्षेत्रका सहभागीले सहभागिता जनाएकाथिए। कसैलाई मनमा पीडा र एक्लोपनको महसुस हुन्छ तब परिवार, साथीभाई वा आफ्नो मन मिल्ने साथीसँग सहयोग माग्नु पर्दछ। तर जब घरपरिवार, साथीभाइले आफ्नो कुरा बुझ्दैनन्, तब तनाबमा पर्छन् र आत्महत्याको सोच बनाउछँन्। कसैलाई आत्महत्याकोे सोच आएमा वा कसैले त्यस्तो कुरा राखेमा तुरुन्तै नेपाल सरकारले दिएको हटलाईन नम्बर ११६६ मा फोन गरी जानकारी गराउनु पर्दछ । यो नम्बर २४ सै घण्टा उपलब्ध हुन्छ ।आकस्मिक समयमा यो नं मा सम्पर्क गरेर परामर्श लिन सक्नुहुन्छ।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?