अ
+
अ
अ
-
विराटनगर- हास्य कलाकार हरिवंश आचार्य अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
कार्यक्रमका लागि विराटनगर पुगेका आचार्य अचानक अस्वस्थ भएपछि स्थानीय विराट नर्सिङ होममा भर्ना भएका हुन्। उनी अस्वस्थ भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की पनि अस्पताल पुगेका छन्।
मुख्यमन्त्री कार्कीले कलाकार आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै फेसबुकमा पोस्ट गरेका छन्।