‘कलर अफ टी’लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग

‘कलर अफ टी’लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग
+
-

काठमाडौं – नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ।

लेखक पत्रकार ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछुतका विरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो।

‘पहाडी भेगमा भन्दा पनि विभेद तराईमा हुँदै आएको छ। जातकै कारण धेरै दलित युवाहरू पलायन हुनु परेको छ भने कतिपयले ज्यान पनि गुमाउनु परेको छ। यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकोले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने।

सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ। नोप्स युरोप युराेपवासी प्रवासी दलितको सशक्त संस्था हो, जसले दलित समुदायकाे हितमा काम गर्दै आएको छ।

नेपालमा हुने जातीय विभेद वा मानव अधिकारविरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यसविरुद्ध हुने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ।

कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियशनको निर्माणमा तयार हुन लागेको शर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसस्थाको पनि सहयोग रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?