छोग्याल रिम्पोछेसँग हृदयसूत्रलगायत विषयमा अन्तर्वार्ता

‘हाम्रो सबै सोचाइ पानीको फोकामात्र हुन्, अस्थायी र क्षणभंगुर’

‘हाम्रो सबै सोचाइ पानीको फोकामात्र हुन्, अस्थायी र क्षणभंगुर’
+
-

छोग्याल रिम्पोछे केवल ३९ वर्षका भए। तर, उनी कयौँ वर्षदेखि बुद्धशिक्षालाई फैल्याउन विश्वभरि नै यात्रा गरिरहेका छन्। ‘बोधिसत्त्व इन एक्सन’ (बीआईए) फाउन्डेसन संस्थामार्फत उनी असहायहरुको सेवामा पनि लागेका छन्।

देशसञ्चारसँग प्रज्ञा पारमिता हृदय सुत्रबारे संवाद गर्दै उनले बुद्धको शून्य र रुपको व्याख्या गरे।

बुद्धले शून्यता र रुपको बारेमा दिएको शिक्षा नै प्रज्ञा पारमिता हृदय सुत्र भएको उनले बताए।

इन्डिभिज्यूल सेल्फचाहिँ पूर्ण शून्यता नभएको उनले बताए।

हाम्रो अस्तित्व शून्यमा नै अडिएको उनले बताए। ‘मैले कसलाई म भनिरहेको छु? नामलाई? शरीरलाई? वेदनालाई? म भन्ने के हो? शरीर परिवर्तन भइरहेको छ, करोडौँ वर्षदेखि नै म आइरहेको छ, तर त्यो म भन्ने छ र?’ उनले अन्तर्वार्ताका क्रममा भने।

म भन्नेे चिजको अस्तित्व नित्य हो कि अनित्य हो भन्ने प्रश्न पनि रहेको छोग्याल रिम्पोछेले बताए।

हृदय सुत्रले व्यक्ति शून्यता र वस्तु शून्यताको कुरा गरेको उनले बताए। ‘वस्तुको नेचरचाहिँ शून्य हो,’ उनले भने।

हरेक व्यक्ति वा वस्तु खासमा  ऊर्जामात्र भएको उनले बताए।

हामी सबै एउटा ठूलो अस्तित्वको भाग भएको उनले बताए। छोग्याल रिम्पोछेले आफ्नो व्याख्यालाई पुष्टि गर्न सपनाको उदाहरण दिए। ‘जसरी तपाईँले सपनामा मलाई देख्नुभयो भने त्यो तपाईँको भाग हो, त्यसरी नै सारा संसार हाम्रो अर्धचेतनाले बनाएको हो,’ उनले भने। सबै भ्रम रहेको र वास्तविकतामा सबै खालि रहेको उनले बताए।

उनले जन्ममृत्यु पनि एउटा अवधारणामात्र भएको बताए। ‘मेरो शरीर, मेरो चित्त, मेरो सबै चिजको जन्म र मृत्यु त हरेक क्षण भइरहेको छ, त्यसैले शरीरको जन्म र मृत्यु भ्रम हो,’ उनले भने।

शरीरको ऊर्जाभित्र जन्म र मृत्यु केही पनि नभएको उनले बताए। ‘सपनाभित्र हामीलाई साँच्चि नै होजस्तो लाग्छ, तर जागृत भएपछि सपना भ्रम हो भन्ने थाहा हुन्छ, जीवनका अवधारणाहरु पनि त्यही हुन्,’ उनले भने। सबै भइरहेजस्तो लागे पनि वास्तविकतामा केही पनि नभइरहेको उनले बताए।

जीवनका सबै प्राप्ति वा सफलता हाम्रो अर्धचेतनाका अवधारणामात्र भएको उनले बताए। जीवन सपना भएको र यसको बोध हुनुपर्ने उनले बताए।

अन्तर्वार्ताका क्रममा चित्तको आवरण हटाउने उपाय पनि छोग्याल रिम्पोछेले बताए। ‘चित्तको स्वभाव आमरुपमा बाहिर जाने भएको र आध्यात्मिक व्यक्तिले त्यो चित्तलाई भित्रतर्फ लैजानुपर्छ,’ उनले भने। बाहिरतिर फर्केको चित्तलाई भित्र फर्काउनु नै अध्यात्म हो, अद्वैत हो, यसरी नै चित्तको आवरण हटाउन सकिने उनले बताए।

बुद्धले भनेको शील, समाधि र प्रज्ञाबाट बाहिर गएको चित्तलाई भित्र फर्काउन सकिने उनले बताए।

आशक्ति कम गर्दै लैजाँदा चित्तको प्रोटेक्सन बढ्ने उनले बताए। ‘अनि बिस्तारै मनलाई शान्त बनाउँदै लैजानुपर्छ, अनि मन द्वैतमा जाँदैन, अनि त्यो चित्तको स्वभावलाई हेर्नु प्रज्ञा हो,’ उनले भने।

हाम्रो सोचाइलाई पानीको फोकाजसरी सोच्यौँ भने त्यसको शक्ति कम हुँदै जान्छ, अनि दुख हराउँदै जान्छ,’ उनले भने।

पूरा भिडियो:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?