तिजजस्ता चाडबाडमा कस्ता लुगा लगाउने?

तिजजस्ता चाडबाडमा कस्ता लुगा लगाउने?
+
-

हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीज नजिएको छ। तीज नजिकिएसँगै नेपाली नारी नयाँ-नयाँ पहिरन र झपक्क गहनामा सजिएर विभिन्न कार्यक्रमहरुमा सहभागी हुने गरेका छन्। हरितालिका तीजसँगै नेपालीको महान् पर्व दशैं, तिहार लगायतका चाडपर्वसमेत नजिकिँदै छ। खास गरेर महिलालाई चाडपर्वमा कस्तो पहिरन लगाउने भन्ने कुरा निक्कै समस्याको विषय बन्ने गर्छ। चाडपर्वमा हरेकको रोजाइ अलग हुने भएकोले आफूलाई सूहाउँदो पहिरन रोज्न रानी बुटिककी सञ्चालक तथा फेसन डिजाइनर प्रविना केसी सुझाव दिन्छिन्।

उनी भन्छिन्, ‘समय अनुसार बजारमा पाइने पहिरनहरु पनि परिवर्तन भइरहेको हुन्छ त्यसैले सबैभन्दा सुरुमा त आफूलाई कस्तो पहिरनले सुहाउँछ भनेर रोज्ने। नभए पोसाक निर्माण गर्नेबेला डिजाइनलाई सोधेर पनि आफूलाई कस्तो पहिरनले सुहाउँछ भनेर थाहा पाउन सकिन्छ।‘

तीजमा खास गरेर रातो पहिरन लगाउने चलन छ। तर रातो रङको पनि भिन्न भिन्न रङहरु हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘कुनै धेरै गाढा रातो हुन्छ, कुनै फिक्का हुन्छ, कुनै मरुन हुन्छ, त्यस्तै धेरै हुन्छन्।’ त्यसैले आफूलाई मन परेको रङ छानेर मनपर्दो र सुहाउँदो पहिरन बनाउन सकिने उनी बताउँछिन्।

पहिरन बनाउँदा बजारमा भाइरल भएका फेनसलाई रोज्नु भन्दा पनि केही फरक किसिमको डिजाइन रोज्दा आकर्षक देखिने उनी बताउँछिन्। ‘कस्तो कस्तो किसिमको डिजाइनहरु बजारमा चलिरहेका छन् भन्ने थाहा पाउनको लागि भए पनि बजारमा चलेका भाइरल फेशनहरुलाई हेर्नु त पर्छ तर त्योसँगै आफूले पहिरन बनाउने बेला भने केही नयाँ तरिकाको तयारी गर्‍यो भने त्यो अझै आकर्षक हुन्छ,’ उनी भन्छिन्, ‘यसरी केही नयाँ तरिकाले तयार गरिएको पहिरनले अझै धेरै आकर्षण दिन्छ। महङ्गो कपडा लगाउँदा मात्रै आकर्षक देखिन्छ भन्ने कतिपयको मान्यता हुन्छ तर त्यस्तो होइन। नयाँ नयाँ डिजाइनले पनि धेरै फरक पार्छ।‘

महङ्गो पहिरनमा मात्रै आकर्षक देखिन्छ भन्ने सोच गलत भएको उनी बताउँछिन्। मानिसले प्रयोग गर्ने पहिरनमा त्यसको डिजाइनले धेरै महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘मानिसहरु नयाँ नयाँ डिजाइनको पहिरन फेरिफेरी लगाउन रुचाउँछन्। हामी महिलाको स्वभाव नै हो एकपटक लगाइसेकेको कपडा पुन: अर्को पटक कही कतै पार्टीमा होस् या धेरै जनासँग जमघट हुने ठाउँमा जाँदा लगाउन रुचाउँदैनौं त्योतो अवस्थामा भने धेरै महङ्गो पहिरनको प्रयोग नगरेर सामान्य वा सस्तो कपडालाई नै आकर्षक स्वरुप दिएर पनि तयार गर्न सकिन्छ।‘

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो छ जसले गर्दा मानिसहरु नयाँ नयाँ नयाँ फेशनहरुसँग चिरपरिचित रहेको उनी बताउँछिन्। ‘हामीसँग आउने धेरै ग्राहकहरु पनि पहिले नै डिजाइन छानेर यस्तै बनाइदिनु भन्दै आउनुहुन्छ। कसैले भने हामीलाई नै सोध्नु हुन्छ कस्तो डिजाइन बनाउँ भनेर त्यस्तो अवस्थामा हामी उहाँहरुलाई सुहाउने पहिरनको बनाउन सल्लाह दिन्छौं।’

सामाजिक सञ्जालको प्रयोग बढेकोले आफूले तयार गरेको डिजाइन अरुले चोर्ने गरेको पनि गुनासो पनि उनी सुनाउँछिन्। ‘हामीले पोशाक तयार गरेर टीकटक, फेसबुक, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा राख्छौं त्यहाँ राहिएको फोटो भिडियो लाखौं हजारौंले हेर्नुहुन्छ,‘उनी भन्छिन्, ‘यस्तोमा धेरैले त्यही डिजाइन मन पराएर अर्कै ठाउँ गएर तयार गर्न लगाउनु हुन्छ। त्यो डिजाइन त धेरै चल्छ तर त्यहाँ त हाम्रो मेहेनत देखिँदैन नि त। त्यसैले त्यो चाहिँ हामीले भोगिरहेको चुनौती नै हो।‘

पछिल्लो समय सामाजिक सञ्जालबाट नै धेरै व्यापार हुने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘केही समय सामाजिक सञ्जालहरुमा पोष्टहरु राखिएन भने व्यापारमा नै केही कमी भएको हो कि भन्ने महशुस गर्छु। त्यसैले आफूले तयार गरेका हरेर नयाँ नयाँ डिजाइनका कपडाहरु सामाजिक सञ्जालमा फोटो, भिडियो मार्फत राख्ने गर्छु किनकि हाम्रो ग्रहक नेपालभर नै हुनुहुन्छ।‘

प्रविना स्कुल पढ्दाबाट नै फेशन डिजाइनमा खुब रुचि राख्थिन। खालि समयमा नयाँ नयाँ डिजाइनका कपडा हेरेर नै समय बिताउने गर्थिन्। आफ्नो सोखलाई नै व्यवसायमा परिणत गरेको उनी बताउँछिन्।

सानैबाट नयाँ-नयाँ फेशन हेर्न रुचाउने उनी आफ्नो विवाह पश्चात आफ्नो दाई र श्रीमानको सपोर्टमा व्यवसायतर्फ आकर्षित भएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘फेशन डीजाइनमा मेरो धेरै अगाडीबाट नै रुचि थियो तर आफ्नो सोखलाई व्यवसाय नै बनाउँछु भन्ने थिएन। तर जब मेरो विवाह भयो त्यस पश्चात मेरो श्रीमान्ले धेरै सपोर्ट गर्नुभयो साथै मेरो दादाले पनि यो व्यवसाय सुरु गर्नमा धेरै हौसला दिनुभएको छ। मैले उहाँहरुको सपोर्टमा नै व्यवसाय सुरु गरेकी हुँ।’

केसीले फेशन डिजाइनको कोर्स समेत पुरा गरिसकेकि छन्। बजारमा चलेका नयाँ-नयाँ डिजाइनहरुमा पनि केही नयाँपन दिन उनी खुबै रुची राख्ने गर्छिन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?