अ
+
अ
अ
-
भ्रष्टाचार मुलुकका शासकहरुको मूल पहिचान बन्दा त्यसका आन्तरिक र बाह्य आयामले कसरी मुलुकको छविलाई प्रभावित गर्छ? अहिले नेपालका लागि सबभन्दा अहं प्रश्न या सम्बोधन गर्ने समस्या यही बनेको छ। यो आकारमा भ्रष्टाचार शायद पहिले देखा परेको छ तर विगत १६ वर्षमा सत्ताको नेतृत्व गर्ने र महत्वपूर्ण हैसियतमा बसेका नेताहरुमा के कोही अपवाद छ त भनेर सोच्दा या सोध्दा मौन रहनु पर्ने नेपाली विवशता पक्कै पनि नयाँ हो।