देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह

देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह
प्रकाशमान सिंह/फाइल तस्बिर।
+
-

काठमाडौँ- कांग्रेस सभापतिको दोस्रो मतदानमा शेरबहादुर देउवालाई समर्थन गरेका प्रकाशमान सिंहले आफ्ना मतदाताहरुसँग गोप्य भेला गर्दै शक्ति बाँडफाँटसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि आफूले यस्तो निर्णय लिएको जानकारी दिएका छन्।

पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए।

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो ४ बजेदेखि सुरु भएको छ।

देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए।

आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिँदै भने- ‘ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’

उनले देउवासँग शक्ति बाँडफाँटको कुरा भएको र राष्ट्रिय निर्वाचनपछि कांग्रेसको सरकार बन्दा आफूलाई देउवाले प्रधानमन्त्रीमा प्रस्ताव गर्नेसम्मको आश्वासन पाएको जानकारी आफ्ना मतदाताहरुलाई दिएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?