गाउँमा नेता जाँदा कुन चाहिँ चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन

गाउँमा नेता जाँदा कुन चाहिँ चोर आएछ भन्छन्: राजेन्द्र लिङ्देन
+
-

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर गएको बताएका छन्।

‘संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन,’ उनले भने।

नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको उनले उल्लेख गरे।

‘म सबैभन्दा छोटो वक्ताका रुपमा रहन्छु,’ उनले कार्यक्रमको सुरुमै भने।

उनले गाउँमा नेताहरु आउँदा कुन चाहिँ चोर आएछ भन्ने गरेको उनले बताए।

नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन पनि नेताहरुलाई उनले आग्रह गरे।

‘२०४७ सालपछि नफुटेको कुनै राजनीतिक पार्टी भएन, कान्छो विवेकशील पार्टीसमेत फुट्यो, हामी कहाँ चुक्यौँ, यो हामीले थाहा पाउनुपर्छ,’ उनले भने।

नेपालको राजनीतिमा यो समय महाधिवेशनको महिना रहेको उनले उल्लेख गरे।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?