रुपन्देहीको रोहिणीमा मंगलमको नयाँ कारखाना

रुपन्देहीको रोहिणीमा मंगलमको नयाँ कारखाना
+
-

रुपन्देही – रुपन्देहीको रोहिणी गाउँपालिका– ३ ढक्दैमा मंगलम पाइप्स एन्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ।

उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भैसकेको छ। हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको उक्त कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेको मंगलमले जनाएको छ।

निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन् २००९ मा मंगलम पाइप्स स्थापना भएको थियो। मंगलम नेपालको पहिलो सीपीभीसी पाइप र फिटिंग्स उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी पनि हो।

मंगलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा रहेको छ। उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन दिने उद्देश्यले नयाँँ प्लान्टको स्थापना गरिएको मंगलमले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार अत्याधुनिक र सुविधा सम्पन्न औजार तथा उपकरणहरु भएको उक्त कारखानामा उच्च गुणस्तरीय जापनिज कच्चापदार्थबाट जर्मन प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरको सामग्रीहरु उत्पादन गरिन्छ। करिब ३ लाख वर्ग फिटसम्म फैलिएको उद्योगले २५० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ। उक्त कारखानाको वार्षिक उत्पादन क्षमता १२ हजार मेट्रिक टन रहेको कम्पनीले जनाइको छ।

कारखाना स्थापना भएपछि स्थानीय तहमै रोजगारीको अवसर सृजना हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ। उद्योग पूर्णतया बिजुलीबाट सञ्चालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पुनः प्रयोग हुने हुनाले ध्वनि र अन्य वातावरणीय प्रदूषणमुक्त रहेको बताइएको छ। यसमा एउटै युनिटबाट सीपीभीसी, पीभीसी, एचडीपीई र पीपीलगायतका पाइप्सहरु उत्पादन गरिन्छ।

मंगलम पाइप्स र फिटिङ्स सबैभन्दा ठूलो पूर्वाधार लगानी भएको पाइपिङ उद्योगहरुमध्य एक हो। यस उद्योगको सीपीभीसी प्लस पाइप तातो तथा चिसो दुवै पानीको लागि उपयुक्त एवं उच्च चापशक्ति सहनसक्ने क्षमता भएको पाइप रहेको कम्पनीले दावी गरेको छ। यो पाइप क्लोरिनले असर नगर्ने, खिया नलाग्ने तथा लामो समयसम्म टिक्ने भएकोले ग्राहकहरुले निकै रुचाउने विश्वास गरिएको छ।

खानेपानीको लागि मंगलम सीपीभीसी र अक्वा प्रो पाइप प्लम्बरको पहिलो रोजाइमा पर्ने पाइपहरु हुन्। त्यस्तै ढल, कृषि, बोरिङ्ग जस्ता बाहिरी प्रयोगका लागि पीभीसी रेन्जमा अल्ट्रा फ्लो, बोरिवेल, प्रो–ड्रेन जस्ता पाइपहरुको पनि बढी माग हुने गरेको छ। कारखानाबाट वायरसेफ, एचडीपीई, रेन–प्रो, अन्डरग्राउण्ड आदिका पाइप्स एन्ड फिटिङ्सका उत्पादन हुन्छन्।

निर्माणको अन्तिम चरणमा पुगेको उद्योग यहीं पुससम्ममा पूर्ण रुपमा सम्पन्न भैसक्ने कम्पनीको अनुमान रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?