एमालेमा अब सबै पदाधिकारी निर्वाचित हुने

एमालेमा अब सबै पदाधिकारी निर्वाचित हुने
फाइल फोटो।
+
-

काठमाडौँ– नेकपा (एमाले)को स्थायी कमिटी बैठकले यसअघिको निर्णय उल्ट्याउँदै पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको छ। विधान संशोधनसम्बन्धी उक्त प्रस्ताव अनुमोदनका लागि बैठकले असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको हो।

यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार समूहबीच अन्तर्द्वन्द्व चर्किएका बेला अध्यक्ष मात्रै निर्वाचित गर्ने निर्णय ओली समूहले गरेको थियो।

तर, नेपाल समूहका केही नेता ओलीको नेतृत्व स्वीकार गरी एमालेमै रहने निर्णय गरेपछि एमाले नवौँ महाधिवेशनले पारित गरेको विधानमा फर्किएको हो। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसअघि एमालेमा विवाद भएका बेला भएको निर्णयबारे अनभिज्ञता जनाउँदै हालको व्यवस्थाबारे मात्रै जानकारी दिए।

उनले भने, ‘यसअघि के भएको थियो थाहा भएन। नवौँ महाधिवेशनकै निरन्तरता छ। सबै पदाधिकारी हलबाटै निर्वाचित हुने व्यवस्था छ।’

यस्तै, एमालेमा तीन जना उपाध्यक्ष रहने व्यवस्था पनि बैठकले पारित गरेको छ। एमालेमा यसअघि सात जना उपाध्यक्ष बन्ने प्रावधान थियो। भट्टराईका अनुसार बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदन पनि अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ।

यससँगै बैठकले राजनीति र संगठनात्मक प्रतिवेदनलाई अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा पठाएको छ। केन्द्रीय कमिटी बैठकले यी प्रतिवेदन पारित गरी अनुमोदनका लागि आगामी असोज १५, १६ र १७ गते हुने राष्ट्रिय महाधिवेशनमा पेस गरिनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?